बागलुङ । बागलुङ नगरपालिकाको न्यायिक समितिमा आ.व ०८२/८३ मा जम्मा मुद्दा संख्या ३८ रहेकोमा ३५ मुद्दा फर्छ्यौट भएका छन् ।
गत आ.वमा ८ मुद्दा ०८१/८२ बाट दायित्व सरेका थिए।यस आ.वमा अब ३ मुद्दा प्रकृयामा रहेको न्यायिक समिति संयोजक एवं बागलुङ नगर उप प्रमुख राजु खड्काले जानकारी दिनुभयो।
न्यायिक समितिमा परेका निवेदन उपर फछ्यौटको अवस्थालाई हेर्दा २५ मुद्दा मेलमिलाप प्रकृयाबाट समाधान भएका छन् । ३ वटा मुद्दामा न्यायिक समितिले फैसला गरेको छ।
तामेली र मुद्दा फिर्ता ७ प्रकृयामा २ र १ निवेदन मेलमिलापका लागि वडामा रहको पनि संयोजक खड्काले जानकारी दिनुभयो।
गत आ.वको ०८२र८३ मा सबै भन्दा बढी निवेदन गाली बेइज्जती र रुख हटाइ पाऊमा ९/९ वटा दर्ता भएका थिए । यसै गरी घर जग्गा विवाद ५, खान लाउन नदिएको २ बाटो निकास २, घर बहाल २ अन्य १ विवादमा निवेदन दर्ता भएको संयोजक खड्काले बताउनुभयो।
वडागत विवादको हिसाबमा बागलुङ नगरपालिका वडा नं १ बाट १ वटा, वडा नं २ बाट ३, ,वडा नं ३ बाट ६, ,वडा नं ४ बाट ८, ,वडा नं ६ बाट १, ,वडा नं ७ बाट २ वटा निवेदन परेका छन् ।
यसै गरी ,वडा नं ८ बाट १, ,वडा नं ९ बाट १, ,वडा नं १० बाट ३, ,वडा नं १२ बाट २, र वडा नं १४ बाट २ निबेदन परेका थिए। ,वडा नं ५ ,वडा नं ११ र वडा नं १३ बाट कुनै पनि निवेदन परेनन्।
बागलुङ नगरपालिका, न्यायिक समितिले १४ वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरी कानुनी परामर्श तथा सचेतना संचालन गरिरहेको छ। कक्षा ११ मा १० जनालाई र कक्षा १२ पनि १० गरी २० जनालाई कानुन विषयमा छात्रवृत्तिको व्यवस्था गरेको छ।
न्यायिक समितिलाई कानुन सम्वत र संस्थागत बनाउन नेतृत्वदायी भूमिका खेलिरहेको अवस्थामा गण्डकी न्यायिक सम्मेलन बागलुङमा गरी अनुभव आदान प्रदान, आपसी सम्बन्ध विस्तार, प्रदेशका ८५ वटै न्यायिक समितिहरुको प्रोफाइल समेत बागलुङ नगरपालिकाले प्रकाशन गरेको छ।
यो आ.वमा पनि गत वर्षको विवरणहरु संगालेर न्यायिक समिति प्रोफाइल प्रकाशन गरिने नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक खड्काले जानकारी दिनु भयो।













































































































































































































