२ श्रावण २०८३, शनिबार

 

पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड अवरुद्ध

बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नं.–८ छिस्ती बेलबगर चौरीखोला पुल नजिकै सडक माथिबाट आएको पहिरोका कारण करिडोर बागलुङ खण्ड पूर्ण रुपमा बन्द भएको हो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार विहिबार रातीबाट नै पहिरो खस्न सुरु गरेपछि शुक्रबार पहिरो हटाउने प्रयास गरिएको थियो तर साँझ ४ बजे झनै ठुलो पहिरो आएपश्चात सडक पुर्ण रुपमा बन्द भएको छ ।

पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरु समेत अवरुद्ध परेका छन भने बागलुङ हुँदै पाल्पा बुटबल जाने यात्रुहरु पनि फर्किन बाध्य भएका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung