३१ बैशाख २०८२, बुधबार

 

भारतमा पनि सुरु भयो आईफोनको उत्पादन

विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमै आईफोन एसईको उत्पादन सुरू गरेको छ । एप्पलका प्रमुख कार्यकारी (सीईओ) टिम कुकले वासिङ्टन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा आईफोनको उत्पादन सुरु भएको जानकारी गराएका हुन । कुकले बैङ्लोरमा गत महिनादेखि आईफोन एसईको उत्पादन सुरू गरेको बताए ।

एप्पल कम्पनीले हैदराबादमा एप्पलको म्याकको लागि विकास केन्द्र खोल्ने योजना बनाएको छ । यसले आईओएस, एप्पल टिभी र एप्पल वाचका लागि एप उत्पादन गर्नेछ । कम्पनी स्थापनाबाट भारतमा ४ हजार रोजगारी सिर्जना हुनेछ । एप्पलको एप स्टोरमा १ लाख एप्सको सिर्जना गरेका छन । एप्पलले यो वर्षको अत्यदेखि पूर्ण रूपमा नवीकरणीय उर्जाको व्यवसायको पनि थालनि गर्नेछ ।

भारत विश्वकै तीब्र वृद्धिको स्मार्टफोन बजार हो । भारतीय बजारमा एप्पलको बजार हिस्सा धेरै कम छ । कम्पनीले भारतमा ३० हजार भारूभन्दा माथिका आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । अमेरिकी र चिनियाँ बजारको वृद्धि ओरालो लागेपछि एप्पलले भारतीय बजारमा जोड दिदै आएको छ । कम्पनीले भारतमा खुद्रा बित्रीको स्टोर खोल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung