रोजगारीका लागि खाडि मुलुक मलेसिया पुगेका बागलुङका एक पुरुशको सडक दुर्घटनामा मृत्यु भएको छ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–२, बुर्तिबाङ रिनामका ५५ बर्षीय जीबलाल खनालको सोमबार मलेसियामै गाडीको ठक्कारबाट मृत्यु भएको हो ।
आईतबार घर पैसा पठाउन साईकल चढेर गएका उनलाई फर्कने क्रममा पछाडीबाट गाडीले ठक्कार दिएको आफन्त चुडा केसीले जानकारी दिए । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए ।
टाउकोमा गहिरो चोट लागेका उनको उपचारको क्रममा त्यहाँको अस्पतालमा मृत्यु भएको केसीले बताए । उनी १० बर्षअघि मलेसिया गएका थिए ।













































































































































































































