२७ बैशाख २०८१, बिहीबार

 

नेपाल महिला सघं बागलुङले स्थापना दिवश मनायो

७० औं स्थापना दिवश नेपाल महिला संघ बागलुङले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवशको अवसरमा नेपाल महिला संघ बागलुङले सरसफाई, सामाग्री हस्तान्तरण र प्रवचन कार्यक्रम गरेको छ ।

उपल्लाचौर स्थित गौरीधाम शिव मन्दिरमा मंगलवार सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचन, संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायत संघका पदाधिकारीले मन्दिर परिसर सरसफाई गरेका थिए । साथै उनिहरुले मन्दिरमा नियमित सरसफाई गर्दा निस्कने फोहोर फाल्नका लागि दुइवटा ड्रम र सरसफाईमा प्रयोग हुने अन्य सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

त्यस अघि भएको प्रवचन कार्यक्रममा राणा शासन कालमा महिलालाई घर बाहिर निस्कन नदिने समाज र राशा शासकको विरुद्धमा सक्रिय राजनीति, समानता र अधिकारको लागि लड्न मंगलादेवी सिंह लगायतले गरेको योगदानको सहभागिले चर्चा गरेका थिए । विश्वका धेरै देशमा महिलाले मतदान गर्न नपाएको समयमा नेपालमा मंगला देवी लगायतका महिलाले आन्दोलन छेडेको सबैले स्मरण गर्न योग्य भएको शेरचनले बताईन् । उनले लगातारको संघर्ष, जेल र अपमानलाई वेवास्ता गर्दै २००४ सालमा महिला संघको स्थापना गरेर नेपाली महिला मुक्तिको आन्दोलन अगाडि बढाउने सिंहलाई कहिले पनि बिर्सन नसकिने पनि बताइन् ।

कार्यक्रममा कांग्रेसका महासमिति सदस्य जगदिश चन्द्र उपाध्यायले महिलाहरुले स्वतन्त्रता पाएको दिनको स्मरणमा स्थापना दिवश मनाएको भन्दै ७० बर्ष पनि त्यतिबेला चाहेको पूर्ण अधिकार पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले अझै पनि ग्रामीण क्षेत्रमा सामान्य अधिकार पनि नपाएका महिलाको स्थानमा पुगेर जागरण ल्याउनुपर्ने आवस्यकतामा पनि जोड दिए ।

संघकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव उशा पौडेलको संचालन र सहसचिव भगवती केसीको स्वागतमा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय सदस्य पार्वती आचार्य, कांग्रेस जिल्ला सदस्य गण्डकी थापा, कांग्रेस क्षेत्रीय सभापति चिरन्जिवि गौतम, गौरीधाम मन्दिर व्यवस्थापन समितिका अधयक्ष नगेन्द्रप्रसाद सुवेदी, महिला संघकी सदस्य पिङगला जिसी लगायतले बोलेका थिए ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा महिलाको ३३ प्रतिशत सहभागिता नभएकोमा संघले चिन्ता व्यक्त गरेको समेत सहभागिले बताए । गठबन्धनको नाउँमा फरक पार्टीलाई उपस्थित गराउने भन्दै बागलुङका दुइ नगरपालिका र दुइ गाउँपालिकामा महिला शुन्य बनाएकोमा उनीहरुको चिन्ता थियो ।

 

प्रतिक्रिया दिनुहोस्