२ कार्तिक २०८३, आईतवार

 

खेलमैदान निर्माणमा कायसको कल्ब जुट्यो, करिब २ लाखमा निमार्ण सम्पन्न गर्ने लक्ष्य

न्यु प्रगतिशिल युवा क्लव, गलकोट नगरपालीका वाड नं ६ कायसले आफ्नो खेल मैदान निमार्ण तथा मर्मत कार्य सञ्चालन गरेको छ ।
खेलकुद सस्कृतिको जर्गेना गर्नुका साथै समाजमा बिकासका काममा समेत हातेमालो गदै आएको कल्बले स्बास्थ्यकालागी खेलकुद समाजको लागी खेलकुद अभियान अन्तरगत आफ्नो अस्थाई खेलमैदान र्ममत अभियान सञ्चालन गरको हो ।

क्लवको कायसमा रहेको खेलमैदानको छेउमा पखाल बनाउने, मैदान सम्मो पार्ने तथा जाली लगाउने काम सुरु गरेको न्यु प्रगतिशिल युवा कल्बका संयोजक मिन बुढाथोकीले बताउनुभयो । उहाका अनुसार कल्बले आफ्नो स्थाई खेलमैदानको लागी जग्गादाताको खोजी भैरहेको छ ।
अहिले देश बिदेशमा रहेका पुर्ब खेलाडि समाजसेबी बाट सहयोग संकलन भएको कल्बका सहसयोजक  भरत बस्नेतले जानाकारि दिनुभयो । अहिले जापानमा करिब ७० हजार बराबरको आर्थिक संकलन भएको र संकलन गर्ने क्रम जारी रहेको जपानमा कार्यरत कल्बका सस्थापक सचिब चित्र बुढाथोकीले जानकारि दिनुभयो ।

मैदान ब्यबस्थापनको लागी करिब २ लाख बढि लाग्ने कल्बका सदस्य रोशन बस्नेतले जानकारी दिनुभयो । कल्बको मैदान ब्यबस्थापन कार्यमा हातेमालो गर्न आग्रह गर्दै सामाजिक कार्यमा सहभागी हुनपर्ने बस्नेतले जोड दिनुभयो ।  कल्बले प्रत्येक बर्ष बृद्धा सम्मानका साथै खेलकुदका कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung