
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता कार्याकर्तालाई पश्चिम बागलुङको बुर्तिबाङमा प्रशिक्षण गरेको छ । पार्टीको तीन महिने संगठन सुदृढीकारण तथा जनप्रतिरोध अभियान अन्तरगत प्रशिक्षण चलाईएको नेकपा बागलुङका ईञ्चार्ज विकिरण क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बुर्तिबाङसहित यसदेखि पश्चिमतर्फ पर्ने निसीखोला, तमान खोला क्षेत्रका साबिक गाविसका नेता/कार्यकर्ता प्रशिक्षणमा सहभागी थिए । पार्टीले लिएको नीति र कार्यक्रम, संगठन सुधार, बैचारिक तथा सांगाठानिक विषयमा प्रशिक्षण भएको थियो । पार्टीका धौलागिरी ब्युरो ईन्चार्ज धुर्व घिमिरे ‘विप्लप’, जिल्ला ईन्चार्ज विकिरण, ब्युरो सदस्य अनन्त केसी र जिल्ला जनपरिषद् प्रमुख बाबुलाल शाक्यले प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणमा धौलागिरी ब्युरो ईञ्चार्ज घिमिरेले अहिलेको शासन दलाल प्रकृतिको भएको भन्दै यहि व्यवस्थामा शान्ति र समृघिद्ध दुवै सम्भाव नरहेको बताए । उनले एकीकृत जनक्रान्ति मार्फत यसलाई खारेज गरेर सवै जनताको पक्षमा हुने बैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि अघि बढ्नुपर्ने बताए ।
‘हाम्रो राष्ट्रियता र स्वाभिमान संकटमा छ,’ घिमिरेले भने, ‘शासकहरुको जवाफदेहीता जनताप्रति छैन, उनीहरु आफ्नो सत्ता टिकाउन देशै बेच्नपनि पनि तयार हुन्छन् ।’
जिल्ला ईञ्चार्ज बिकिरणले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गएर संविधान संसोधन बारे दिएको अभिव्यक्ति बेठिक भएको टिप्पणि गरे । ‘संसोधनको कुरालाई अनावस्यक रुपमा उचालिएको छ, कोशी बाँध बनाउन प्रधानमन्त्रीले सहमती गरेको कुरा आएको छ,’ उनले अगाडी भने, ‘यो सरासर नेपाल र नेपाली जनता डुवाउने राष्ट्रघाती कदम हो ।’
कार्यक्रम जिल्ला सदस्य बाबुराम अचार्यको अध्यक्षता र जिल्ला सेक्रेटरी छमबहादुर सेनको सञ्चालनमा सम्पन्न भएको थियो । तीन महिने अभियान अन्तरगत प्रशिक्षण, भेला बैठक, जनबर्गीय संगठन विस्तार, भ्रष्टाचार, महङ्गी तथा कालोबाजारीको भण्डाफोर जस्ता कार्यक्रम हुने नेकपाले जनाएको छ । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन खारेजीको लागि संघर्षका कार्यक्रम समेत गर्ने जिल्ला सेक्रेटरी सेनले जानकारी दिए ।