२७ बैशाख २०८१, बिहीबार

 

पुलले समृद्ध बन्दै पर्वत

सहर तथा गाउ“, जहा“ जानुस् झोलुङ्गे पुलले विकासलाई जोडेको छ । पुल एक गाउ“देखि अर्को गाउ“ वा सहरलाई जोड्ने एउटा सेतु बनेको छ । नेपालमा यसको विकास र उपयोगिता कहिलेदेखि सुरू भयो यसको यकिन उत्तर त विकासविद्स“ग होलान् । तर, हिमाली खोला–नाला तर्न नेपालीले आफ्नै बुद्धिले भ्याएसम्म पहिलेदेखि नै पुल र सँ“घु भने बनाउ“दै आएका थिए ।

अहिले एक ठाउ“देखि अर्को ठाउ“सम्म जोड्ने माध्यम ‘पुल’को महत्व दिन प्रतिदिन व्यापक बढ्दै गएको छ । हाल पर्वत सदरमुकाम आसपास धमाधम बनिरहेका आधुनिक झोलुङ्गे पुल यसको आधिकारीक प्रमाण हुन् ।

भू–गर्भशास्त्रीको हैसियतले स्वीस अगुवा टोलीको नेतृत्व गरी सन् १९५० मा नेपाल छिरेका टोनी हागनले नेपालको हिमाल, पहाड र तराईका कुना–काप्चा चहार्दा नेपालमा सरकारले यस्ता पुल बनाएको वा बनाउने योजना केही देखेनन् ।

फलतः उनले नेपालको विकासको लागि सन् १९५९ मा आफ्नो तर्फबाट राष्ट्रसंघलाई प्रतिबेदन बुझाउ“दा यहा“ पैदल बाटोको सुधार र झोलुङ्गे पुलको निर्माण अत्यावश्यक भएको सुझाव दिएका थिए । यसरी सन् ६० को दसकदेखि नेपालमा स्वीस विकास परियोजनामा नेपाल सरकारलाई झोलुङ्गे पुल विभाग स्थापना गर्न लगाई सहयोगको काम सुरू भयो ।

त्यसपछि नेपालको विकासमा झोलुङ्गे पुल कसरी स्थापना भए र तिनले यहा“का जनतालाई कति फाइदा पु¥याए, त्यसको यकिन गणना छैन । र, सन् १९६० मा भएको झोलुङ्गे पुल निर्माण थालनीलाई पछाडी फर्कि हेर्नुपरेको पनि छैन ।

अहिले नेपालमा कति झोलुङ्गे पुल होलान् ? तिनले गाउ“–सहर विकासमा कसर्री भूमिका निभाइरहेका होलान् ? यसको खास तथ्याङ्क सरकारी विकासे अंगका थोत्रा ढड्डा पल्टाए भेटिएलान् ।

वर्षैपिच्छे सयौ“को सङ्ख्यामा देशभित्र झोलुङ्गे पुल निर्माण हुने क्रमले गति पाएको छ । हिमाली र पहाडी जिल्लाको बढि बाहुल्य भएको नेपालमा सरकारले पनि ‘दु्रत विकासका लागि’ भन्दै झोलुङ्गे पुल निर्माणलाई आफ्नो कार्यक्रमको मूख्य प्राथामिकता बनाएको छ ।

समयको वचत, थोरै लागत । झोलुङ्गे पुल निर्माणको खास विशेषता यही हो । सहज रूपमा पुल निर्माण हुने हु“दा र गाउ“–ठाउ“लाई विकासको क्षेत्रमा ठुलै परिर्वतन गर्न सकिने हु“दा झोलुङ्गे पुलको आकर्षण र फाईदाका बारे निकै बहस हुन थालेको छ ।

यसको निर्माणमा स्थानीयस्तरदेखि नेपालीहरू जुुर्मुराएका छन् भन्दा फरक पर्दैन ।

मान्छेको सहज आवत–जावतको लागि होस् या सामान ओहोरदोहोर गराउने घोडा–खच्चर, यसको लागि अति महत्वपूर्ण साधन भएको छ– झोलुङ्गे पुल ।

यस आलेखमा झोलुङ्गे पुलले पर्वतको विकासमा ल्याएको ठूलो परिर्वतनबारे चर्चा गरिनेछ । हिजो–आज अग्ला झोलुुङ्गे पुलको जिल्लाको रूपमा चिनिन थालेको छ–पर्वत ।

प्रतिक्रिया दिनुहोस्