४ श्रावण २०८३, सोमबार

 

म्याग्दीबाट १६ प्रजातिका ६ हजार जडीबुटी निकासी

myagdi-16-types-herbal-exported पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका ६ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।

जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका ५९८४.७ किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्धक एवं बहुमूल्य जडीबुटी निकासी गरिएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए ।

“हरेक वर्ष निकासीमा वृद्धि भएको छ,” सहायक वन अधिकृत ठाकुरले भने ।

उनका अनुसार गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा १ हजार ५०० किलो, अल्लो १ हजार २०० किलो, भिरमह ६४० र नागबेली पाउडर ६०० किलो निकासी भएको छ ।

जिल्लाको माथिल्लो तथा उच्च पहाडी क्षेत्रबाट यार्सागुम्बा, निरमसी, सतुवा, पाँचऔँलेलगायतका जडीबुटी बाहिरिने गरेकामा यस वर्ष अपेक्षा गरेअनुसारको निकासी नभएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष पदमचाल ४५०, सतुवा ४४९, सुगन्धवाल तीन, साधारण च्याउ २८६, निरमसी २१७, कुटकी दुई, सिलाजित ५० किलो निकासी भएको छ ।

यसैगरी मैन ३०, अतिस २२, वनलसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलव ७ किलोमात्रै निकासी भएको वन कार्यालयले जनाएको छ । विभिन्न किसिमका कपडा बनाउन प्रयोग गरिने अल्लो पुवा १ हजार २०० सय किलो निकासी भएको छ ।

गत वर्ष निकासी भएका जडीबुटीबाट कुल रु. २ लाख ५२ हजार राजस्व संकलन भएको थियो । जडीबुटी संकलनका लागि न्यूनतम रु. ५ हजारदेखि अधिकतम २५ हजारसम्म राजस्व तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

साभार : मुल्याङकन अनलाईन

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung