२९ बैशाख २०८२, सोमबार

 

तमानमा प्रशिक्षणसँगै बने जनपरिषद/जबस, ‘जनताको मुद्धा हामीले स्थापित गरेको हो’ : निउरे

नेकपा माओवादी केन्द्रको संगठन विस्तार, सुदृढीकारण तथा प्रशिक्षण कार्यक्रम पश्चिम बागलुङको तमानखोला पुगेको छ । दशवटै स्थानीय तहमा गर्ने गरि काँठेखोला गाउँपालिकाबाट सुरु गरिएको माओवादी अभियान सोमबार तमानखोलामा भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले देश अहिले माओवादीकै एजेन्डामा चलेको बताए ।
उनले यो कुरा जनतालाई बुझाउँदै आगमी प्रदेश र केन्द्रको चुनावमा माओवादीले राम्रो नतिजा प्राप्त गर्न अभियान थालिएको बताए । ‘यसअघिको चुनाबमा मसिनोसँग जनताविच पुग्न सकिएन, नेतृत्व तहबाट पनि कमजोरी रहे,’ उनले भने, ‘दलित महिला, जनजाती सवैको मुद्धा हामीले नै स्थापित गरेका हौँ, यो कुरा जनतालाई बुझाउन सक्नुपर्छ ।’

जिल्ला संयोजक ज्ञामनाथ गैरे (अनिल) ले यसअघिका कमिकमजोरीको गम्भिर समिक्षा गरेर पार्टी संगठनलाई व्यवस्थित गर्दै जनताको साथमा माओवादी पुग्ने अभियान थालेको बताए । उनले स्थानीय स्तरमा पार्टी जवस बनाउँदै जनतासँग जोडिएर आगमी मंसिरमा हुने निर्वाचनको तयारीका जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले अब माओवादी बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरे ।

जिल्ला कार्यालय सचिव चन्द्र बहादुर थापा (शिखर), अखिल नेपाल महिला संघ क्रान्तिकारी बागलुङका अध्यक्ष कुशुम बुढा र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष लाल बहादुर परियारले सवै जुटे पार्टी बलियो बन्ने बताएका थिए ।

भेलाले तमानखोला गाउँपालिका स्तरिय जनपरिषद् सहित जनबर्गीय संगठन बनाएको छ । पार्टीका केन्द्रय सदस्य तथा स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार सुर्य श्रीपालीको संयोजकत्वमा ११ सदस्यीय जनपरिषद् बनाईएको छ ।

त्यस्तै नारायण सुनारको संयोजकत्वमा ११ सदस्यीय वाईसिएल, ओमबहादुर श्रीपालीको संयोजकत्वमा ११ सदस्यीय नेपाल राष्टिङय दलित मुक्ति मोर्चा, लिलमाया विश्वकर्माको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, सरिता गोतामेको संयोजकत्वमा ३ सदस्यीय प्रेस सेन्टर नेपाल, मोतिलाल घर्तीको संयोजकत्वमा ९ सदस्यीय मगर मुक्ति मोर्चा र कृष्ण गिरीको संयोजकत्वमा ३ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन बनाईएको हो ।

प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र तमानखोला गाउककपालिका ईन्चार्ज देव बहादुर पुनको अध्यक्षता र सचिव निल बहादुर धमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung