
नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण, बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत निसीखोला गाउँपालिकामा भेला सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले देशमा लामो संघर्ष र बलिदानी पछि प्राप्त उपलब्धीहरु संस्थागत गर्ने दायित्व माओवादीको भएको बताए । उनले त्यसका लागि माओवादीका जनवर्गीय संगठन सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिए । माओवादी चुनावमा तेस्रो शक्ति भएपनि एजेन्डामा पहिलो नै रहेको दाबी गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्र बहादुर थापा शिखर, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कुशुम बुढा र नेपाल दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष लाल बहादुर परियारले पनि सहभागीलाई प्रशिक्षण दिए । सो अवसरमा विभिन्न जनवर्गीय संगठनको समिति गठन गरिएको छ ।
जस अन्तरगत प्रेम घर्ती मगरको संयोजकत्वमा १५ सदस्यीय नेकपा माओवादी केन्द्र निसीखोला जनपरिषद, भीम घर्तीको संयोजकत्वमा ११ सदस्यीय वाई सि यल, ईद बहादुर रसाईलीको संयोजकत्वमा १५ सदस्यीय दलित मुक्ति मोर्चा, कमला पुनको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, ईन्द्रलाल रेग्मीको संयोजकत्वमा ३ सदस्यीय प्रेस सेन्टर नेपाल, बेल बहादुर बुढा मगरको संयोजकत्वमा १५ सदस्यीय मगर मुक्ति मोर्चा, पुर्ण बहादुर कुककवरको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल किसान संघ क्रान्तिकारी र हुतराज भुसालको संयोजकत्वमा ११ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र निसीखोला गाउककपालिका ईन्चार्ज प्रेम घर्ती मगरको अध्यक्षता र सचिव उमानन्द रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।