
निसीखोला गाउँपालिका वडा नं. ४ थापागाउँमा शुक्रबार राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ ।राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाका ईञ्चार्ज खीम विक्रम शाहीको विषेश उपस्थितिमा आयोजना गरिएको भेलाले, मेखबहादुर घर्तिको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन भएको छ ।
जस्को उपाध्यक्षमा टेकबहादुर विक, सचिवमा हेमलाल रेग्मी, सह सचिवमा उषा रेग्मी, कोषाध्यक्षमा रामप्रसाद रेग्मी सहित अरु सदस्यहरु चयन गरिएको छ ।
समिति गठन पछि बसेको पहिलो बैठकले, स्थानीय स्तरमा सदस्यता वितरण गर्ने, थप समिति गठन गर्ने, निर्णय गरिएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका वडा नं. ४ का सदस्य लिला घर्ति र युवक संघका सदस्य युवराज रेग्मीको समेत उपस्थिति रहेको बताइएको छ ।