३ श्रावण २०८३, आईतवार

 

कामधेनु सहकारीको साधारण सभा : उत्पादन, प्रशोधन र बजारीकरणमा मन्त्री खड्काको जोड

कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि. बागलुङको छैठौं वार्षिक साधारण सभा शनिवार बागलुङ बजारको शितल होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

साधारण सभालाई उद्घाटन गर्दै सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले अवका सहकारी संस्थाहरुले उत्पादन प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने कुरा व्यक्त गरिन ।

सहकारी संस्थाहरुले उत्पादनमुखी कार्यमा लगानी गरी शेयर सदस्यको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउनुपर्ने भन्दै शंसोधित ऐनले यी कुराहरुलाई समेटेको राज्यमन्त्री खड्काको भनाई छ ।

कार्यक्रममा संस्थाका सल्लाहाकार एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले दुग्धजन्य पशुपालक किसानहरुलाई संगठीत गराई किसानहरुको आर्थिक स्तर माथि उठाउने कार्यमा कामधेनु लाग्नुपर्ने भनाई बताए ।

संस्थाका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको समग्र प्रतिवेदन कोषाध्यक्ष नवराज पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका सह सचिव डिलप्रसाद कँडेलको स्वागत र सचिव भिमवहादुर खत्रीको सञ्चालनमा सम्पन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung