म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा रहेको प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पूर्णमाया शेरपुञ्जाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा देवि केसी, सचिवमा मुक्तिमाया पुन, सहसचिवमा डिलकुमारी खत्री र कोषाध्यक्षमा बिष्णु शेरपुञ्जा लगाएत अन्य सदस्यमा चयन भएका छन । यामकुमारी शेरपुञ्जाको संयोजकत्वमा रतीमाया किसान र बसन्ती पौडेल सदस्य रहेको ऋण उपसमिति, थममाया बिकको संयोजकत्वमा भोककुमारी रोका र यामकुमारी घर्ती क्षेत्री सदस्य रहनुभएको लेखा उपसमिति गठन भएको छ ।
सहकारीका अध्यक्ष पूर्णमाया शेरपुञ्जाको अध्यक्षता, वडा अध्यक्ष डेगबहादुर राम्जालीको प्रमुख आतिथ्यता, मुक्तिमाया पुनको सञ्चालन र रिता बरुवालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा मोनाका सचिव हरि राम्जाली, महिला सञ्जाल कुहुँका अध्यक्ष गौमती रोका, ऋण उपसमिति संयोजक यामकुमारी शेरपुञ्जा, सेयर सदस्य यामकुमारी घर्तीले मन्तव्य राखेको थिईन ।
७८५ जना सदस्यको ४५ लाख दुई हजार ९०० रुपैया सेयर पुँजी रहेको सहकारीमा गत आर्थिक वर्षमा ९६ लाख ६० हजार ६७ रुपैया बचत र एक करोड ४० लाख २८ हजार ५०० रुपैया लगानी गरेको छ ।
कार्यक्रममा युवा कल्वका प्रतिनिधि एकजित रोका, कुुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारी, दिपशिखा माविका प्रअ नन्दबहादुर खत्री, भुपु गाविस अध्यक्ष प्रेमप्रसाद रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।

सबैभन्दा बढी सेयर खरिद गर्ने मिलन पुन, चेकमाया पुन र तिलकुमारी राम्जाली, बचतकर्ता रश्मि रोका, धनलाल रोका, कुहुँ सामुदायिक ग्रामिण विद्युत संस्था, देउराली युवा कल्वका अध्यक्ष बलबहादुर राम्जाली, युवा एकजित रोकालाई सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटनका अवसरमा देउराली युवा कल्वका कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा हाल अस्टे«लीयामा रहनुभएकी हेमा राम्जालीले एक लाख रुपैया मूल्य बराबरको एक हजार कित्ता सेयर खरिद गरेको थिईन ।













































































































































































































