३ श्रावण २०८३, आईतवार

 

बागलुङ बहुउदेश्यीय सहकारीको साधरणसभा: कारोवार सवा २ अरब, नाफा साढे ३७ लाख बढी

बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सहकारीका संरक्षक तथा सामाजिक व्यक्तित्व देवबहादुर श्रेष्ठले गरे ।

उनले बागलुङको सहकारी अभियान सकारात्मक बाटो तर्फ अघि बढेको बताए । श्रेष्ठले सहकारी मार्फत जिल्लामा उदाहरणिय कामहरु भएको उल्लेख गरे ।

अध्यक्ष अशोकगोविन्द राजभण्डारी

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा अध्यक्षहरु लक्ष्मी बाँस्कोटा, जीवन आचार्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सहकारीका सल्लाहकार ओमकारप्रसाद गौचन र दिलबहादुर कार्की, सेयर सदस्य महेशचन्द्र प्रधान र सरु वस्नेत, महिला हित बचत तथा ऋण सहकारीका अध्यक्ष लिलादेवी खड्का, शंखधर बहुउदेश्यीय सहकारीका अध्यक्ष रतनप्रसाद मलेपती, एकता सहकारीका अध्यक्ष धुर्बप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन सहकारीका अध्यक्ष अशोकगोविन्द राजभण्डारी, प्रगती प्रतिवेदन सचिव योगनाथ कँडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्य, लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक युक्तजंग राजभण्डारीले प्रस्तुत गरेका थिए । सभाले यी सवै प्रतिवेदन परित गरेको छ ।

सहकारीको कारोवार २ अरब २६ करोड ८ लाख ८६ हजार र खुद मुनाफा ३७ लाख ६८ हजार ७ सय रुपैयाँ रहेको छ । कार्यक्रम अध्यक्ष अशोकगोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung