२९ बैशाख २०८२, सोमबार

 

हिल घुस्मेलीमा हुँदैछ हरिबोधनी एकादशी मेला

त्रीशुली युवा क्लब ताराखोला गाउँपालिका वडा नम्बर–३ हिल घुस्मेलिले यसवर्ष पनि हरिबोधनी एकादशी मेला २०७४ मानाउँदै छ । “घुम्टे हाम्रो सान, पर्यटन बिकास हाम्रो अभियान” भन्ने मुलनारा सहित गरिने मेला यो वर्ष पनि विविध प्रतियोगिताका साथमा त्रीशुली नदिमा लोक बाजा, भजन सहित ३६५ हात लामो तोरण तारेर मनाउने कार्यक्रम छ ।

राष्ट्रिय स्तरका चर्चित तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक जीवन बस्नेतले बताए । कार्तिक १० गतेदेखि १४ गतेसम्म संचालन हुने मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडा स्तरीय भुपु सैनिक भलिबल प्रतियोगिता हुने उनले बताए । नयाँ संरचनाको वडा स्तरीय खेल गरिने छ ।

त्यस्तै कार्यक्रमको अवसरमा एकल नृत्य र सोलो बाईक रेस संचालन हुने सचिव गणेश कार्कीले बताए । मेलालाई बागलुङ जिल्लाकै मिनि महोत्सवको रूपमा विकास गर्ने उदेश्य रहेको मेला सहसंयोजक खडक बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung