२९ बैशाख २०८२, सोमबार

 

जनहित कला केन्द्र गलकोटको तेस्रो वार्षिकोत्सव जारी

नेपालीको गर्व, उज्यालो पर्व हामी सबैको शान, खेल कला सस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म गैराखर्कको तेस्रो वार्षिकोत्सव तथा पाँचाँै तिहार मेला मंगलबारदेखि सुरु भएको छ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुरुष भलिबल खेलमा आयोजक लाई पराजित जनशिर्जनशिल युवा मञ्च बोहोराफाँट दोस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार दोस्रो दिनको पहिलो खेल बिहान ८ बजेबाट भण्डारी परिवार राम्चे र आयोजक टिम कालो बिच हुने सचिव कोपिला खड्काले जानकारी दिईन । कात्तिक २ गते सम्म सञ्चालन हुने तिहार मेलामा पुरुष भलिबल, खुल्ला एकल नृत्य, भाई माला उन्ने प्रतियोगिता, सोरठी भैलो सँगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । उदघाटन कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जिवी मरासिनीको स्वागत र थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung