३ श्रावण २०८३, आईतवार

 

जनता संचार सहकारीले दियो राहत रकम

जनता संचार सहकारी संस्था लिमिटेड बागलुङले अाफ्नाे शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत रकम हस्तान्तरण गरेको छ। सहकारीकाे संस्थापक शेर सदस्य बागलुङ नगरपालिका वडा नम्बर ३ निबासी दिनानाथ शर्माका श्रीमती चन्द्रकला उपाध्याकाे निधन भएकोमा दुख ब्यक्त गर्दै राहत स्वरूप नगद ३ हजार सहकारीका अध्यक्ष हिमाल प्रसाद शर्माले शेयर सदस्य दिनानाथ शर्माकाे घरमा पुगेर दिएका हुन् ।

सहकारीले अाफ्नाे शेयर सदस्यकाे मृत्यु भएमा ५ हजार र शेयर सदस्यका परिवारकाे मृत्यु भएमा ३ हजार राहत स्वरूप प्रदान गर्ने नीति भएको सहकारीका सचिब राजेशचन्द्र राजभण्डारीले बताए ।

चन्द्रकला शर्माकाे ७४ बर्षकाे उमेरमा निधन भएको ५ अाै दिनकाे पुण्य तिथिका दिन सहकारी पदाधिकारी सदस्य र कर्मचारी मृतकाे घरमा पुगेर परिवारहरू संग भेटघाट गरि सहकारीकाे तर्फबाट श्रद्धाञ्जली गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung