
जनता संचार सहकारी संस्था लिमिटेड बागलुङले अाफ्नाे शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत रकम हस्तान्तरण गरेको छ। सहकारीकाे संस्थापक शेर सदस्य बागलुङ नगरपालिका वडा नम्बर ३ निबासी दिनानाथ शर्माका श्रीमती चन्द्रकला उपाध्याकाे निधन भएकोमा दुख ब्यक्त गर्दै राहत स्वरूप नगद ३ हजार सहकारीका अध्यक्ष हिमाल प्रसाद शर्माले शेयर सदस्य दिनानाथ शर्माकाे घरमा पुगेर दिएका हुन् ।
सहकारीले अाफ्नाे शेयर सदस्यकाे मृत्यु भएमा ५ हजार र शेयर सदस्यका परिवारकाे मृत्यु भएमा ३ हजार राहत स्वरूप प्रदान गर्ने नीति भएको सहकारीका सचिब राजेशचन्द्र राजभण्डारीले बताए ।
चन्द्रकला शर्माकाे ७४ बर्षकाे उमेरमा निधन भएको ५ अाै दिनकाे पुण्य तिथिका दिन सहकारी पदाधिकारी सदस्य र कर्मचारी मृतकाे घरमा पुगेर परिवारहरू संग भेटघाट गरि सहकारीकाे तर्फबाट श्रद्धाञ्जली गरेका थिए।