सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका शेयर सदस्य विना शर्मा सापकोटाका पुज्यनीय शासु एवं संस्थाका शुभचिन्तक सुयश शर्मा सापाकोटाका ममतमयी माता समाजसेवी, क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला बागलुङ नगरपालीका वडा नं. २ बागलुङ बजार नीवासी स्व. चन्द्रकुमारी सापकोटाको मिति २०७४ आश्विन २७ गते ७४ वर्षको उमेरमा भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।
संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ६ औँ दिनको पुण्य तिथीको क्रममा स्वर्गिय सापकोटाको घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । सो क्रममा बोल्दै संस्थाका अध्यक्ष पौडेलल सापकोटालाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. सापाकोटाले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरे ।
सोही क्रममा स्व. सापाकोर्टा परिवारलाई संस्थाको तर्फवाट अध्र्वदैहीक कर्मका लागि रु ५ हजार राहत रकम हस्तान्तरण गरिएको थियो ।













































































































































































































