४ जेष्ठ २०८२, आईतवार

 

राज्यमन्त्री तथा निवर्तमान सांसद खड्काले दिईन् धन्यवाद

सहकारी तथा गरिबी निवारण राज्य मन्त्री तथा निवर्तमान सांसद् चम्पादेवि खड्काले आफुलाई मुलकुको संविधान निर्माण गर्न निकाय संविधान सभामा निर्वाचित गर्ने बागलुङवासीलाई धन्यवाद दिएकी छन् ।

उनले संसदको कार्यकाल सकिएपछि निकालेको बक्तव्यमा आफुलाई निर्वाचित गरेर संविधान निर्माणको जिम्मेवारी दिएकोमा आफ्ना मतदाता, शुभाचिन्तक र पार्टी नेता कार्यकर्तलाई धन्यवाद दिएकी हुन् । उनी यसअघिको बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित भएकी थिईन् ।

उनका पति तथा क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सभासद् हरिबहादुर खड्काको जीप दुर्घटनामा निधन भएपछि भएएको उप निर्वाचनबाट उनी निर्वाचित भईकी थिईन् ।

राज्यमन्त्री खड्काले आफ्ना दिवंगत पति हरिबहादुर खड्काले जनताप्रति गरेका वाचा पुरा गर्न नपाएको स्मरण गरेकी छन् । ‘मेरा पतिलाई सभासद निर्वाचित गरेर तपाईले गरेको विश्वस र उहाँले यहाँहरुबीच गरेका वाचा पुरा गर्न पाउनुभएन,’ उनले भनिकी छन्, ‘दैवको खेल यस्तै भयो ।’

खड्काले आफुलाई मतदाताले संविधान निर्माणको जिम्मेवारी दिएकोमा त्यो पुरा गरेको बताएकी छन् । आफु जनताको प्रतिनिधि रहँदा सकेजती जनताको काम गरेको स्मरण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung