तिहारको सुरुवातसंगै देउसी भैलोको रौनक सुरु भएको छ । यतिखेर शहरदेखी गाउँसम्म विभिन्न समुह देउसी भैलोमा झुमिरहेका छन ।
बालबालिकादेखि युवायुवती र बृद्धलाई समेत देउसी भैलोले छोएको छ । प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका–३ काँक्राखोरलाई पनि देउसी भैलोले छपक्कै छोएको छ ।
क्लबको देउसी भैलो कार्यक्रम मंगलबारदेखि सुरु भएको हो । वुधबार दोस्रो दिन पनि जारी रह्यो । देउसी भैलो कार्यक्रमले लोपोन्मुख परम्परागत संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने प्रगतिशील युवा परिवारका अध्यक्ष कर्ण बहादुर भन्डारिले बताए ।
देउसी भैलो कार्यक्रममा बिहीबार पनि संचालन हुने भैलो टोलिका संयोजक नवीन लामिछानेले बताए । भैलोबाट संकलित रकमले क्लबको भवन निर्माण उनले बताए । बिहान साढे ११ बजेदेखि साँझ सढे ५ बजेसम्म भैलो खेल्ने समय निर्धारण गरिएको छ ।













































































































































































































