‘नेपालीको गर्व, उज्यालो पर्व हामी सबैको शान, खेल कला सस्कृति हाम्रो स्थानिय पहिचान’ भन्ने मुल नाराका साथ जनहित कला केन्द्र गलकोट नगरपालिका–७ मल्म गैराखर्कको तेस्रो वार्षिकोत्सव तथा पाँचौ तिहार मेला सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले विकास निर्माण गरि समाजलाई समृद्व बनाउन सबै एकताबद्ध हुनुपर्ने बताए ।
मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा १७ समुहको सहभागिता रहेकोमा नगद रु २५ हजार हात पार्दै न्यु नवज्योति युवा कल्व प्रथम र आयोजक टिम ए द्वितिय भएका छन । खुल्ला एकल नृत्य प्रतियोगितामा सिरबारेका दुर्गा सुनार प्रथम, सिरबारेकै रमा परियार द्वितिय र साहानीडाककडाका स्वस्तिका साहानी तृतिय भएका छन । त्यस्तै महिलाको भाई माला उन्ने प्रतियोगितामा अनिता थापा केसी प्रथम र शुशिला परियार द्वितिय भएका छन ।
सो अवसरमा गलकोट नगरपालिका वडा नं २ का अध्यक्ष हेमन्त भण्डारी र गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहयोगदाता, प्रायोजक, कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्थानिय कलाकार सककगै चर्चित गायक एवं मोडल दुर्गेश थापाको सांगितिक प्रस्तुति रहेको थियो भनें बिच बिचमा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जिवी मरासिनीको र गलकोट खबर अनलाईन प्रमुख थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































