२९ बैशाख २०८२, सोमबार

 

वाम उम्मेदवारलाई विजयी बनाउन ११ सय ५१ सदस्यीय समिति

आगामी प्रतिनिधी शभा र प्रदेश शभा निर्वाचनमा संयु्क्त वाम उम्मेद्वारलाई बिजयी गराउनका लागि वाम घटक महिलाहरुको संयु्क्त भेलाले १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा एमाले माओबादी केन्द्र र राष्टिय जनमोर्चा निकट अ.ने.म सघंको संयु्क्त भेलाले ममता देबी शर्माको संयोजकत्वमा १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

भेलाले प्रदेश स्तरिय उम्मेद्वारको विजयको लागि भन्दै प्रदेश स्तरिय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । प्रदेश नम्बर १ क को संयोजकमा गंगा देबी शर्मा, प्रदेश १ ख को संयोजकमा रुद्रा केसी त्यसैगरी प्रदेश नम्वर २ क को संयोजकमा भबिकला रोका र प्रदेश २ ख को संयोजकमा दुर्गा देबी घर्ति संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो ।

त्यसैगरी संयुक्त महिलाको भेलाले कोपिला कंडेल संयोजक र सृजना पन्त सहसंयोजक रहेको ९ सदस्यीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको अनेम सघं बागलुङ्गका सचिव अम्बीका रेग्मीले जानकारी दिईन । भेलाले जिल्लाका सबै वाडहरुमा वाड स्तरिय संयुक्त महिला परिचालन समिति समेत गठन गर्ने निर्णय गरेको बताईएको छ ।

भेलाको उद्घाटन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मन कुमारी केसीले बाम उम्मेद्वारलाई विजयी गराउनका लागि महिलाहरुले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताईन ।मुलुकको अग्रगामी परिवर्तन र महिला अधिकार शुनिश्चीतताको लागि आगामी निर्वाचनमा बामपन्थीले दुईतिहाई मत ल्याउनुपर्ने चर्चा गर्दै उनले निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन ।

सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एबं प्रदेश नम्वर १ का संयु्क्त बाम उम्मेदवार ईन्द्रलाल सापकोटा र प्रतिनिधी शभा प्रदेश १ का उम्मेद्वार डा. सुर्य पाठकले बाम उम्मेद्वारलाई बिजयी गराउनका लागि महिलाहरुले महत्वपुर्ण भु्मिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रम अनेम सघंका अध्यक्ष साबित्रि रानाको अध्यक्षता, राजमो निकट अनेम सघंका रुद्रा केसीको स्वागत मन्तव्य र अनेम सघं क्रान्तिकारीका कुशुम बुढाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung