२९ बैशाख २०८२, सोमबार

 

चुनावी अभियान तमानमा : शान्ति र विकासका लागि काँग्रेसलाइ मतदान गर्न आग्रह

आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो चुनावी अभियान सोमबारदेखी तमानखोलाबाट सञ्चालन गरेको छ । तमानखोला गाउपालिका वडा नम्बर ३ मा सोमबार चुनावी भेला सम्पन्न भएको बताइएको छ ।

भेलालाई समबोधन गर्दै, प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार नर बहादुर पुन (निरज) ले देशमा स्थायी शान्ति र विकासका लागि नेपाली काग्रेसलाइ विजय गराउनुपर्ने बताए । बागलुङको स्थानिय विकास र उत्थानका लागि आफूले योगदान दिएको र अझै एक पटक अवसर दिन पनि पुनको आग्रह छ ।

यसैबीच प्रदेश सभाका प्रत्यासी उम्मेदवार जित बहादुर शेरचनले समग्र देशको विकास र स्थायी शान्तिका लागि नेपाली जनताले काँग्रेसलाई मतदान गर्नुपर्ने बताए ।

आयोजित चुनावी सभामा चुनाव प्रचार प्रसार समितीका संयोजक तथा काँग्रेस क्षेत्रिय सभापति दोर्ण कुवर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस तमानखोला गाउपालिकाका सह संयोजक झक बहादुर बुढाको अध्यक्षता तथा गिर बहादुर घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung