२९ बैशाख २०८२, सोमबार

 

‘हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको प्रमुख एजेण्डा’– प्रबक्ता पाठक

राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताएका छन् ।
राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धी र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताए । उनले अप्रत्यासीत र आकस्मीक रुपमा भएको अप्राकृतीक बाम गठबन्धनको अधिनायकवादको विरुद्ध प्रजातन्त्रको रक्षाका लागि प्रजातान्त्रीक शक्तिहरु एक हुनुपर्ने बताए ।
सरकारमै बसेर प्रमुख प्रतिपक्षदलसंग माओवादीले चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेपछि प्रजातान्त्रीक शक्तिको धु्रबिकरण भएको र असहमती रहेपनी चुनावको ग्यारेन्टी गर्न सरकारमा सहभागी भएको प्रवत्ता पाठकले बताए । राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले राप्रपाले उठाएको एजेण्डालाई जनताले विश्वास गरेर चुनावमा जिताउने विश्वास व्यक्त गरे ।
राप्रपाका केन्द्रिय सदस्य तथा प्रदेशसभा म्याग्दी क्षेत्र नम्बर १ का उमेद्वार भिमप्रसाद गौचनले ७७ वर्षको उमेरमा आफ्नो नाफाको जिवन जनताको सेवामा लगाउन चुनावमा होमीएको बताए । आफूले पञ्चायतकालमा म्याग्दीमा घोडेटो बाटो, पुल, खानेपानी र विद्यालय स्थापना गरि विकासमा महत्वपूर्ण योगदान गरेको सम्झीएर जनताले साथ दिने दावी गरे । गौचनले आफूले चुनाव जितेमा पाँच वर्षभित्र मालढुङ्गा–बेनी सडकलाई चार लेनको बनाउने, सडक नपुगेको ठाउँमा सडक पु¥याउने, वडा कार्यालयसम्मको सडक ग्राभेल गर्ने, घरघरमा खानेपानी, मोवाईल सेवा र निशूल्क ईन्टरनेटको सुबिधा पु¥याउने घोषणा गरे । उनले खोला दर्ता गरेर झोलामा राखेकाहरुबाट खोसेर जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिने र आयोजनामा प्राबिधिक बाहेक अन्य काम गर्न म्याग्दीका युवा युवतीलाई मात्र परिचालन गर्नुपर्ने निती बनाउने घोषणा गरे ।
काँग्रेससंग तालमेल भएकाले आफूले चुनाव जित्ने गौचनले ठोकुवा गरे । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको रणनीती बनाउन र प्रचारप्रसारलाई प्रभावकारी बनाउन राप्रपाका अगुवा कार्याकर्ताहरुको प्रशिक्षण समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung