२९ बैशाख २०८२, सोमबार

 

मल्ममा वामपन्थीको चुनावी भेला

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन गलकोट नगरपालिका ७ मल्ममा संयुक्त चुनावी भेला सम्पन्न भएको छ ।

संयुक्त वाम गठबन्धन भेलाले नेकपा माओवादी केन्द्रका छुमबहादुर थापाको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । सो अवसरमा २१ सदस्यीय सचिवालय समिति, ७५ सदस्यीय युवा परिचालन समिति, ७५ सदस्यीय दलित परिचालन समिति गठन गरिएको छ ।

भेलामा नेकपा माओवादी केन्द्र महाधिवेशन प्रतिनिधि सदस्य गुमानसिंह बुढाथोकी, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका संयोजक टंक केसी, बाम बुद्विजीवी होम बहादुर थापा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य डिल बहादुर परियार र गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिकाबहादुर थापाले मन्तव्य राखेका थिए ।

भेलामा बोल्दै वक्ताहरुले सम्बृद्वि, समानता र सबल राष्ट्रको आधार प्रदेश देखि केन्द्र सम्म साकार पार्न वाम गठबन्धनलाई गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरि विजयी गराउन अपिल गरेका छन । भेलामा गलकोट नगरपालिका भित्रका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

वाम गठबन्धन संयुक्त चुनावी भेला राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका ७ का अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, नेकपा एमाले गलकोट नगरपालिका ७ का अध्यक्ष हुम बहादुर बस्नेतको स्वागत र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung