
आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले आफनो चुनावि प्रचार प्रसार अभियानलाई तिब्रताका साथ अगाडि बढाईरहेको छ । जसअनुरुप मंगलबार क्षेत्र नं २ प्रदेश (ख) को तमानखोला गाँउपालिका वडा नं ६ खुंखानी नर्जाखानी क्षेत्रमा घरदैलो तथा चुनाव प्रचास कार्यक्रम सम्पन्न गरीएको छ ।
कार्यक्रममा क्षेत्र नं २ का उमेद्वार नरबहादुर पुन (निरज), प्रदेश सभा सदस्य (ख) का उमेद्वार जित शेरचन, नेपाली काँग्रेस क्षेत्र नं २ का सभापती एवम निर्वाचन परिचालन समितीका सम्योजक दोर्ण कुमार कँुवर, क्षेत्रिय उपादक्ष्य नरजंग घर्ति, क्षेत्रिय सदस्य दिपेन्द्र श्रेष्ठ, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, तरुणदलका देबेन्द्र घर्ति, तथा क्षेत्रिय समिती पदादिकारी, नेपाली काँग्रेस तमानखोला गाउँपालिका पदादिकारी लगाएको उपस्थ्तिी रहेको थियो ।
अभियानमा क्षेत्र नं २ का उमेद्वार नरबहादुर पुन (निरज) ले स्थानीय सँग घेटघाट गर्दे प्रदेश र प्रतिनीधि सभामा नेपाली काँग्रेसको जितनै जनताको जित रहेको बताए । गरिब, दलित, महिला समुदायको हक अधिकार सँगै विकास निर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउने पार्टि नेपाली काँग्रेसमात्र भएको बताउँदै यस पटकको चुनावमा आफुहरुलाई मतदान गरेर शान्ति विकास र लोकतन्त्रको जर्गेना गर्ने अभियानमा साथ दिन आग्रह गरेका थिए ।
त्यस्तै प्रदेश सभा सदस्य (ख) का उमेद्वार जित शेरचनले बोल्दै तमानखोला गाँउपालिकाको विकास निर्माणमा आफनो जित हासिल भएसँगै कुनै कसुर बाँकि नराख्ने बताए । भौगोलीक तवरबाट पछाडि परेको तमानखोलालाई स्वास्थ्य, शिक्षा, सञ्चार, प्रर्यटन र यातायात जस्ता विकास निर्माण र आर्थिक समृदिको क्षेत्रमा अगाडि बढाउने बताए । तमानखोलामा प्रसस्त आर्थिक उत्पादन क्षेत्रको सम्भावना भएको बताउँदै श्रोत र साधनको उच्चतम उपयोग गर्दे अगाडि बढ्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नँ २ का सभापती एवम निर्वाचन परिचालन समितीका सम्योजक दोर्ण कुमार कुवरँले बोल्दै तमानखोलामा विगतमा नेपाली काँग्रेसले विकास निर्माणमा हातेमालो गर्दै आएको बताउँदै अबको समयमा पनि निरन्तर विकास निर्माणसँग जोडिने बताउँदै आफनो पार्टिका उमेद्वारलाई जिताउन अपिल गरे ।