४ जेष्ठ २०८२, आईतवार

 

‘संविधान जोगाई विकासलाई अघि बढाउन काँग्रेसलाई भोट’: वक्ता

नेपाली काँग्रेस क्षेत्र नं २ ख को चुनावि सभा बुधबार तमानखोला गाउँपालिकाको वडा नं १ बोङगादोभानमा सम्पन्न भएको छ । मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनलाई लक्षित गर्दै गत कार्तिक १३ गते तमानखोला गाउँपालिकाको वडा नं ३, र ४ तमान देखि सुरु गर्दे सुरु भएको चुनावि प्रचार प्रसार एवम मतदाता भेटघाट कार्यक्रम बुधबार बोङगादोभानमा चुनावि सभा गर्दै सम्पन्न गरीएको छ ।

आयोजित कार्यक्रमको सम्बोधन गर्दे प्रदेश सभाका सदस्य नरबहादुर पुनले अबको चुनाव पछि बिकास निर्माण र संबिधानको पुर्ण कार्यान्यन गर्ने समय भएको बताउँदै गाउँठाउँको विकास चाहाने जनताले नेपाली काँग्रेसका उमेदवारलाई बिजयी गराउनु पर्ने समय आएको बताए ।

नेकपा एमाले , माओबादि केन्द्र र राष्ट्रिय जनमोर्चाले बाम तालमेलको नाममा चुनाब जित्ने र जनतालाई १० बर्ष पछि फर्काउने , संविधानको कार्यान्यन हुन नदिने खेल भएको आरोप लगाउँदै जनताहरु सचेत भएर यस पटकको निर्वाचनमा अगाडि बढ्न आग्रह गरे । आफुले २०६६ सालको संसदीय चुनावमा जित्दाको परिबेसमा शैक्षिक क्षेत्र र सडक क्षेत्रलाई अगाडि बढाएको बताउँदै यस पटक आफनो जितभएमा सबै समय विकास निर्माण र युवा स्वरोजगार मुलक कार्यक्रममा दिने बताए ।

त्यस्तै प्रदेश सभा ख का उमेद्वार जित शेरचनले बोल्दै आफु तमानखोला गाँउपालिकामा जन्मिएको एक गरिब परीवारको सदस्य भएको र आफुमा कहिल्यै पनी आफनो स्वार्थका निम्ती माथि उठ्ने भावना नभएको बताउँदै आफु विद्यार्थि कालदेखि राजनितीक यात्रा हुँदै समाज सेवामा लागेको व्यातिm भएका कारण यसपटक को चुनावमा आफनो जित भएमा छोटो समयमै नमुना काम गरेर जनतालाई खुसि पार्ने काममा जुट्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रिय सभापती तथा निर्वाचन परिचालन समितीका सम्योजक दोर्णकुमार कुवँरले बोल्दै वाम गठबन्धन जनताको आँखामा छारो छर्ने खेलभएको बताउँदै शान्ती र समृदीको निम्ती सचेत भएर नेपाली काँग्रेसलार्इ मतदान गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, उपप्रमुख मानसरी शेरचन, जिल्ला सदिस्य रामबहादुर बिक, भुपु जिल्ला कोषादक्ष लालप्रसाद घर्ति,भुपु जिल्ला सदस्य खड्कपुन लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको कार्यक्रम नेपाली काँग्रस क्षेत्रिय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता तमानखोला गाउँपालिका सम्योज खगेन्द्रमान पुनको स्वागत, भुवानी सँकर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung