४ जेष्ठ २०८२, आईतवार

 

‘वाम उम्मेदवारको जित सुनिश्चित’ : अध्यक्ष विक

सयुक्त वाम गठबन्धन ताराखोला गाउपालिका वाड नम्वर–२ को वाडस्तरीय भेला अर्गलको भातखाने डाडामा सम्पन्न भएको छ ।
आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभातर्फका प्रत्यक्ष उमेदवार माओवादी केन्द्रका देबेन्द्र पौडेल र क्षेत्र न २ को १ नम्बर प्रदेश सभाका प्रत्येक्ष उमेदवार चन्द्रबहादुर बुढा (सागर) लाई बिजय बनाउन भेला भएको हो ।

भेलामा माओवादी केन्द्र ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बिक हिमालले प्रदेश र प्रतिनिधि सभाको लागि तिनवटा दलले वाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको भन्दै निर्वाचन प्रचार प्रसारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘हाम्रो स्थानीय नेतालाइ सबै मिलेर जिताउनुपर्छ,’ उनले भने, ‘यसका लागि सवै आ–आफ्नो ठाउँबाट जुटौँ ।

भेलामा माओवादी केन्द्रका वडा अध्यक्ष मुक्ति प्रसाद रोका ,एमालेका प्रदेश न ४ का सल्लाहकार टेक बहादुर केसि, राजमोका पुर्णबहादुर थापा, वाईसिएल केन्द्रय सदस्य नरेश केसी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष गणेश घर्ती मगर, लगायतले आफ्नो धरणा राखेका थिए । भेलामा एमालेका प्रतिनिधि पदम खत्रीको स्वागत मन्तब्य र राम ब खत्रीको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung