
नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं २ को ख मा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार एवम कार्यक्रता भेटघाट ढोरपाटन नगरपालिकाको पुर्कोट र बुर्तिबाङमा सम्पन्न भएको छ ।
पुर्काेटमा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ सभापती दोर्णकुमार कुवँरको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभा उमेदवार नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
पुनले कार्यक्रमको सम्बोधन गर्दै आगामि मसिर १० मा हुन लागिरहेको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी गराउँदै शान्ती र लोकतन्त्रको रक्षा निम्ती जुट्न आग्रह गर्दै आफुले सय पटकको निर्वाचनमा जित हासिल गरेसँगै हरेक समय जनताको विकास निर्माण सँग जोडिएर काम गर्ने बताए ।
विपक्षी तत्व भाषण र आश्वासनमा सिमित हुने तर व्यवहारमा काम नगर्ने बताउँदै आफुहरु थोरै बोल्ने धेरै काम गरेर जनतालाई विकास र परिणाम दिने मान्यतामा अडिग रहेको बताउँदै यस पटकको निर्वाचनमा आफुलाई जिवयी गराउन आग्रह गरे ।
त्यस्तै प्रदेश सभा उमेद्वार जित शेरचनले बोल्दै यस पटकको चुनाबका आफु लोकतन्त्रको रक्षा र प्रदेश ख को बिकासका निम्ती चुनाबमा नेपाली काँग्रेसको तर्फदेखि उठेको बताउँदै आफुलाई मतदान गरी विजयी गराउन स्थानीय जनतालाई आह्वान गरे ।
उनले आफु सबै नागरिकलाई समान देख्ने र सबै स्थानको विकास चाहने व्यातिm भएका कारण समाज रुपान्तरणका निम्ती आफनो जित आवश्यक रहेको बताए । कार्यक्रममा महाधिवेशन प्रतिनीधि टेकराज पौडेल, पुर्व साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, महादिवेशन प्रतिनीधि सिँहबहादुर राना, महिला संघ क्षेत्रीय सभापती लिलमाया पुन, क्षेत्रिय सभापती दोर्णकुमार कुवँर लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको थियो । कार्यक्रम दिलमाया पौविको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै सोहि टोलीद्धारा बुर्तिबाङ बजारमा अगुवा कार्यक्रता भेटघाट गरीएको छ । आयोजित कार्यक्रममा चुनावलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने, काँग्रेस पार्टिका एजेन्डा, र चुनावकेन्द्रि रणनितिका विषयमाथि छलफल एवमा धारणा प्रस्तुत गरीएको थियो ।
आयोजित कर्याक्रममा यसपटकको निर्वाचन नेपाली काँग्रेसले जित हासिल नगरेमा विकास निर्माण र जनताको हक अधिकार गुम्ने भन्दै जुनकुनै हालतमा चुनाव जित्न पार्टि एक धिक्का भएर लाग्नुपर्नेमा जोड् दिईएको थियो ।
कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगरपालिका सम्योजक सालीकराम सर्माको सञ्चालनमा सम्पन्न भएको हो । त्यसैगरी उमेद्वार सहितको टोलीले ढोरपाटन नगरपालिका वडा नं २ को सलामकोट तुसारे लगाएका स्थानमा शनिबार नैै घरदैलो कार्यक्रम गरेका छन् ।
नेपाल शिक्षक संघ ढोरपाटनमा जिसि
नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । स्वतन्त्र शिक्षक, युगानुकुल शिक्षा, लोकतन्त्र र समृद राष्ट्र हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बुर्तिबाङ स्थित उत्तरगंगा मविमा भएको कार्यक्रममा निमबहादुर जिसि नविनको संयोजगत्वमा सर्वसहमतीबाट ढोरपाटन नगरपालिका स्तरीय नेपाल शिक्षक संघको गठन गरीएको हो ।
समितीको महिला उपादक्षमा स्यामकुमारी भण्डारी, उपादक्ष बोदराज अर्याल, सचिव पुरण पाण्डे, अर्थसचिव थमप्रकास जैसि, सहसचिव, अरुणकुमार भण्डारी, सह अर्थसचिव रमेश भण्डारी, महिला सहसचिव मधुमाया गुरुङ, महिला अर्थ उप सचिव शान्ता थापा, समावेशी सह सचिव भिम श्रेष्ठ, समावेशि उप सचिव राजेन्द्र सिँह धामि रहेका छन । त्यस्तै प्रत्यक वडामा संयोजक चयन गरीएको छ ।
जसमा वडा नं १ देखि ९ सम्म क्रमश बिन्दु चालीसे,उमा बुढा, सेरबहादुर बुढा, दिनबन्धु खनाल, सालीन्द्र घर्ति, निता पुन, होम बहादु्र श्रेष्ठ, गणेश बिक, लोप्चन भण्डारी रहेका छन । त्यस्तै समितीको पदादिकारीमा अन्य शिक्षकहरु हरेका छन ।
आयोजित उद्घाटन सत्रकको कार्यक्रममा पुर्व ढोरपाटन नगरपालिका नेपाल शिक्षक संघका सम्योजक निमबहादुर जिसिको अध्यक्षता, नेपाल शिक्षक संघ बाग्लुङ जिल्ला सभापती उमाकान्त सर्माको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जिल्ला सचिव नवराज शर्मा, जिल्ला कोषादक्ष उमेश गौतम, नेपाल शिक्षक संघ जिल्ला उपादक्ष दिल्लीराज अर्याल, नेपाल शिक्षक संग संघिय प्रतिनीधि सागर खरेल, नेपाली काँग्रेस क्षेत्र नं २ प्रतिनीधि उमेदवार नरबहादुर पुन निरज, पुर्व साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, प्रदेश सभा उमेदवार जितबहादुर शेरचन, नेपाली काँग्रेस क्षेत्र नं २ का उमेदवार दोर्णकुमार कुवँर, निसिखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल, नेविसंघ केन्द्रिय उपादक्ष डिल्ली राज सुवेदी, शिक्षक संघ संघिय प्रतिनीधि देबेन्द खत्रि, हरि लामिखाने, नेविसंघ केन्द्रिय उपादक्ष दिल्ली सुवेदी, तथा बिभिन्न बिद्यालयका नेपाल शिक्षक संघमा आबद्ध शिक्षक लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक संघ जिल्ला अधयक्ष उमाकामन्त शर्माले बोल्दै शिक्षकहरु ज्हिलेपनी विद्यार्थिको भविष्य सँग जोडिएर अगाडि बढ्नुपर्ने बताउँदै नेपाल शिक्षक संघममा आबद्ध कुनैपनी शिक्षकलाई आईपर्ने अपठ्यारामा नेपाल शिक्षक संघ सँधै सहयोग गर्न तयार रहेको बताउँदै मंसिर १० गते हुने निर्वाचनमा समेत लोकतन्त्रको रक्षाका निम्ती आफनो ठाउँबाट सहयोग गर्ने शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव नवराज सर्मा, जिल्ला कोषादक्ष उमेश गौतम, नेपाल शिक्षक संघ जिल्ला उपादक्ष दिल्लीराज अर्याल, नेपाल शिक्षक संघ संघिय प्रतिनीधि सागर खरेल, नेपाली काँग्रेस क्षेत्र नं २ प्रतिनीधि उमेदवार नरबहादुर पुन निरज, पुर्व साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्तयाल, प्रदेश सभा उमेदवार जितबहादुर शेरचन लगाएतले बोलेका थिए ।
नेपाल शिक्षक संघ जिल्ला सदस्य हिरालाल पौडेलको स्वागत रहेको कार्यक्रम पुरन पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
तमानखोलामा सञ्चालीत पाँचदिने पत्रकारीता तालीम सम्पन्न
तमानखोला गाँउपालिकामा गत कार्तिक १३ गतेदेखि सुरु भएको पाँचदिने बोल्ने कला तथा पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ । तमानखोला गाँउपालिकाको आयोजना नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाको संयोजनामा सुरु भएको तालिममा त्यस क्षेत्रका २६ जनाले तालिम लिएका छन् ।
शनिबार समापन सत्रको कार्यक्रममा तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढाले बोल्दै सञ्चार क्षेत्रको पहुँचबाट पछाडि रहेको तमानखोला गाँउपालिका पत्रकार महासंघ र बुर्तिबाङमा रहेका एफ एम रेडियोको भुमिका सकारात्मक भएको बताउँदै आगाडि दिनमा आफनो गाँउपालिकामा लुकेर रहेका समाचार मुलक सामाग्रिले स्थान पाउने बताउँदै आफुहरुले समेत गाँउपालिकामा सञ्चार क्षेत्रको बिस्तारका निम्ती आबस्यक पहल गर्ने बताए ।
त्यस्तै गाँउपालिका उपप्रमुख मानसरी सेरचन, पत्रकार महासँघ बाग्लुङका अध्यक्ष दिल श्रीस, सहजकर्ता राम सुबेदी, प्रशिक्षार्थिको तर्फदेखि नमि घर्तिमगर, रविन्द्र रोकाले बोल्नुभएको हो । कार्यक्रम पत्रकार महासँघ बाग्लुङका सचिब रामथापा अबिरलको सञ्चालनमा सम्पन्न भएको हो ।