२९ बैशाख २०८२, सोमबार

 

काँग्रेस चुनावी अभियान: ‘मुलुकको समृद्धिका लागि हामीलाई भोट’-राज्यमन्त्री खड्का

नेपाली काग्रेसले चुनावी अभियानलाई जारी राखेको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफना उम्मेदवरहरुलाई विजयी गराउन नेपाली काग्रेसले जिल्ला भर चुनावी अभियान तिव्र पारेको छ । आईतबार बानपा ११ रायडा“डा“ र बापना १३ पैयुपाटामा चुनावी सभा एवं घरदैलो अभियान सम्पन्न भएको छ ।

रायडाडा मा भएको चुनावी सभामा सम्बोधन गर्दै बागलुङ क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार एव्ां सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खडकाले हरेक क्षेत्रको विकास भए मात्र मुलुक समृद्धि हुने हुदा नेपाली काग्रेस यस प्रति प्रतिबद्ध रहेकोले अबको निर्वाचनमा आफनो पार्टीलाई विजयी गराउन आग्रह गरिन् ।

उनले आफुले टोल टोल,समाज र जिल्लाको चौतर्फी विकास गराउन लागिरहेको हुदा आफुलाई मत प्रदान गरि विजयी गराउन सबैलाई आग्रह गरिन । त्यसैगरि क्षेत्र नम्वर १ प्रदेश (क) का उम्मेदावार एवं नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जनताको भावन अनुसार आफु लाग्ने हुदा हरेकले आआफनो क्षेत्रबाट एक मत प्रदान गरि विजयी गराउन आग्रह गरे । जनताको चाहना लाई उच्च कदर गर्दै विकासलगाएत,शिक्षा,स्वास्थ्य,रोजगार र आर्थिक समृद्धिमा सधै जुटने बताए ।

चुनावी सभामा राप्रपाका केन्द्रिय सल्लाहाकार टिकाराम शर्मा,नेपाली काग्रेस महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की,क्षेत्रीय सभापति चिरन्जीवि गौतम,महिला सघंका जिल्ला अध्यक्ष सकुन्तला शर्मा,बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, डिएलएका संस्थापक अध्यक्ष भुमिश्वर गौतम,धौलागिरी बहुमुखि क्याम्पसका स्ववियू सभापति मनिष थापा,समाजसेवी रन्नाकर गौतम लगाएले आ आफनो भनाई राखे । वानपा ११ का सभापति थमबहादुर थापाको अध्यक्षा,क्षेत्रीय प्रतिनिधि मिलन केसीको स्वागत र सचिव अमृत सुबेदीको संचालनमा चुनावी सभा सम्पन्न भएको थियो । चुनावी सभासगै उम्मेदारहरुको टोलीले घरदैलो समेत गरेको छ ।

यस्तै आईतबार बानपा १३ पैयुपाटामा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार प्रकाश शर्मा पौडेलले यस अगाडि यह“ाको विकासको लागि कटिबद्ध भएर लागेर र आगामी दिनमा पनि यसलाई थप व्यवस्थित बनाएर लाग्ने हुदा आफुलाई विजयी गराउन आग्रह गरे ।

उनले सबै क्षेत्रलाई समेटने गरि काम गर्दै आएको र आगामी दिनमा पुरा गर्न आफनो विजयी आबश्यक रहेको बताए । यस्तै बिभिन्न ठाउँमा सभा र घरदैलो समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung