
संयुक्त वाम गठबन्धन बाग्लुङ को क्षेत्र नं १ को चुनाव वीसभा आईतबार अर्जेवामा सम्पन्न भएको छ ।सभामा प्रमुख अतिथीको मञ्च बाट बोल्दै अखिल नेपाल महिला संघको अध्यक्ष तथा निवर्तवान सभासदका मिना पुनले नेपाली कांग्रेस अतालिएर वामपंथी माथी अनावश्यक आरोप लगाएको बताईन ।
कांग्रेस आफैले प्रजातन्त्र र ,राष्ट्रियता माथि बारम्बार संकट आएको र उसकै पालामा देश अधिनायकवाद तर्फ लम्कने गरेको जिकिर गर्दै वामपन्थीहरु अधिनायकवादी भएको भन्ने कांग्रेसले अनावश्य आरोप लगाएको बताईन ।भेलालाई संबोधन गर्दै बाग्लुङ क्षेत्र १ ख प्रदेश का उमेदवार का कृष्ण थापाले वामपंथीको किल्लाको रुपमा रहेको यो जिल्ला अहिले साच्चै नै सार्थक परिणाम आउने र नेपाली कांग्रेस पत्तासाफ हुने बताउदै ,वामपंथी शक्ति लाई विजय गराउन जनता लाई अपिल समेत गरे ।
त्यस्तै बाग्लुङ क्षेत्र न १ का प्रतिनिधि सभा उमेदवार डा सुर्य पाठकले वामपन्थीहरुले जितीसकेको र अब प्रदेशदेखि केन्द्र सम्म वामपन्थीको सरकार आउने र त्यो सरकार समाजवाद उन्मुख नीति निर्माण गरी जनताको जनजिविका र विकास निर्माणलाई तिब्र पार्ने बताए ।नेकपा माओवादी केन्द्रका वडा सचिव दलबहादुर थापाको सञ्चालन र राष्ट्रिय जनमोर्चाका वडा सचिव नरिश्वर आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा उपस्थित कार्यकर्ताहरुलाई नेकपा एमाले का वर्डा सदस्य केशव शर्माले स्वागत गरेका थिए ।
भेलामा नेकपा एमाले ४ न प्रदेश सदस्य श्रीप्रसाद शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर परियार, प्रदीप थापा ,जैमिनी नगर का उपप्रमुख लिला राना लगायत को आतिथ्यता रहेको थियो ।
कार्यक्रम अगाडि अर्जेवाका विभिन्न ठाउँमा उम्मेद्वारहरुले घरदैलो समेत गरेका थिए ।