२९ बैशाख २०८२, सोमबार

 

गुल्मीमा नेपाली काङ्ग्रेसलाई दिने भोट विष्टले मागे

वाम गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले मु्सिकोट नगरपालिका ९ मा रहेको तामाखानी तथा फलामखानीको अध्ययनलाई अगाडी बढाउने बताए । चुनावी अभियानमा निस्केका नेता विष्टले दाँसीकोट, अर्लाङकोट, ददल्का, उर्लेनीमा भएका विभिन्न भेटघाट कार्यक्रमलाई संबोधन गर्ने क्रममा यस्तो बताएका हुन । मसीकोट नगरपालिका ९ मा रहेको तामाखानी तथा फलामखानीको उत्खननको लागि चुनाव सम्पन्न भएको २ महिनाभित्र भुगर्भ विभागबाट प्राविधिक ल्याई आवश्यक अध्ययन गर्ने र ती खानीहरुको उत्खनन गर्न आफुले पहल गर्ने बताए ।

अर्लाङकोटमा रहेको खानीको उत्खनन कार्यलाई अगाडी बढाई अर्लाङकोटलाई अन्य युवाहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्ने र यस क्षेत्रलाई गुल्मी क्षेत्र नम्बर २ कै पहिचानको रुपमा स्थापित गर्ने विष्टको भनाई छ ।अभियानको क्रममा उम्मेदवार विष्टले नेपाली काङग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने केही युवाहरुलाई स्वागत समेत गरेको बताईएको छ । चुनावी अभियानको क्रममा जनताको घरदैलोमा व्यस्त विष्टलाई त्यहाँका जनताले भव्य स्वागत गरेका गरेका छन ।

यसैबीच मुनपा ९ को उर्लेनीमा रहेका गरिव सर्वसाधारणको लागि ३० घर निमार्ण गर्ने यसभन्दा अघि मुनपाले बताएको छ । नगरपालिकाको यस कार्य तथा त्यस क्षेत्रको विकासमा केन्द्रिय स्तरका नेताहरुको ध्यान केन्द्रित गर्ने बिष्टले बताएको त्यस क्षेत्रको विकासका कार्यहरुमा अग्रसर रहने युवा समाजसेवी रामकृष्ण कंडेलले जानकारी दिए ।

यस्तै मुसिकोट नगरपालिकाको वडा नम्बर ७ को जीपपार्कमा भएको सभालाई सम्वोधन गर्दै नेता विष्टले नेपाली काङग्रेसलाई दिने भोट यसपटक आफुलाई दिन आग्रह गरे । मुनपाको केन्द्र वामीमा सभागृह निमार्ण, वसपार्कलाई व्यवस्थित गर्ने, सुदी वामीटक्सार, स्मालीथान, कोट, सिद्ध हुँदै सालिमे दह पदमार्ग निमार्ण गरी पर्यटक भित्र्याउने बताए ।

यस्तै उनले वामी रुद्रावेणी सडकखण्डको कालोपत्रेको कामलाई तिब्रता दिईने, छल्दी इन्द्रेगौडा तथा तम्घास, भाडगाउँ झेदी खर्वाङ सडकको निमार्ण कार्यलाई तिव्रता दिईने र शहरी सडक अन्तरगत मुनपा ७ का सम्पुर्ण भित्री सडकहरुलाई कालोपत्रे गर्ने काम अगाडी बढाईने बताए ।
विष्टले सवै वडाहरुमा “एक घर, एक धारा” अभियान सञ्चालन गरी प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउने, परुवाबाट बडागाउ, शेरा फाँट बडागाउ तथा तल्लोबजार क्याम्पस जोडने गरी ३ वडा आकासेपुल निमार्ण गरिने र पर्यटकलाई लक्षित गरी सुदीफाँटबाट बडिगाड नदीमा ¥याफ्टिङको व्यवस्था मिलाउने बताए । उनले दरमखोला वामी लिफिट सिचाई आयोजनाको निमार्ण कार्य चुनाव सम्पन्न भएको २ महिना भित्र नै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung