
नेपाली काग्रेसको चुनावी अभियान बानपा ९ तित्याङमा सोमबार सम्पन्न भएको छ । चुनावी सभा एवं घरदैलो कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार एव्ां सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खडकाले बागलुङको शिक्षा,स्वास्थ्य,सडक,रोजगारी महिलाको उत्थान लगाएका क्षेत्रलाई विकसित गरि अगाडि लैजान नेपाली काग्रेसको रुख चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरिन ।
उनले लोकतन्त्रको रक्षा, संविधान कार्यान्यन र दिगो आर्थिक समृद्धिको लागि आफुले सक्दो भुमिका निभाउने हुदा विजयी गराउन तर्फ सबै लाग्नुपर्ने बताईन । पहिला पनि यह“ाका सम्पुर्ण नागरिकले रुखमा मतदान गरि विजयी गराउनुभयो, खडकाले भनिन, अब पनि पुरा गर्न बा“की रहेका काम सम्पन्न गर्न मतदान गर्नेमा आफु बिश्वस्त छु ।
त्यसैगरि चुनावी सभामा बोल्दै नेपाली काग्रेसका पार्टी सभापति एवं क्षेत्र नम्वर १ प्रदेश (क) का उम्मेदवार दिपेन्द्रबहादुर थापाले गाउ“ ठाउको समृद्धि गर्न आफु जस्ता व्यक्तिको खाँचो मतदाताबाट माग भएकोले उम्मेदारी दिएको हुदा आफु विजयी हुनेमा ढुक्क रहेको बताए । आमनागरिकले मुल्याङ गर्दै आएको र भोलि निर्वाचनमा पनि आफुलाई मतदान गरि विजयी गराउन सबैसग“ आग्रह गरे ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, महिला सघंका जिल्ला अध्यक्ष सकुन्तला शर्मा, बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, क्षेत्रीय प्रतिनिधि बद्रिप्रसाद शर्मा लगाएले सबैको आवश्यकता नै नेपाली काग्रेस भएकोले रुख चिन्नहमा मतदान गरि विजयी गराउन सबैले आ आफनो तर्फबाट भुमिका निभाउनुपर्नेमा जोड दिए ।
बानपा ९का पार्टी सभापति राजु थापाको अध्यक्षता र सचिव ओमप्रसाद पौडेललको संचालनमा चुनावी सभा सम्पन्न भएको थियो । सोमबार नै बानपा ९मा प्रत्येक घरघरमा उम्मेदवारहरु पुगेर मत आफुलाई प्रदान गर्न आग्रह गरेका छन ।