२९ बैशाख २०८२, सोमबार

 

नयाँ शक्तिको चुनावि प्रचार तिव्र

आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनाव नजिकिदै जादाँ नयाँ शक्ति नेपालले आफ्नो चुनावि प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
नयाँ शक्त्ति नेपालले चुनाव प्रचार प्रसार अभियान अन्र्तगत नयाँ शक्त्ति नेपाल बागलुङका प्रत्यक्ष तर्फका उमेदवार कृष्ण प्रसाद शर्माको नेतृत्वमा बागलुङ नगरपालिकाका विभिन्न वडाहरु तथा कुश्मिशेरा, राङखानी, धुल्लुबास्कोट तथा बरेङमा घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको नया शक्त्तिले जनाएको छ । उक्त अभियानको क्रममा विभिन्न वडामा सम्पर्क कार्यलयको स्थापना तथा निर्वाचन परिचालन समिति गठन र विभिन्न स्थानमा अन्तरकृया कार्यक्रम संचालन गरेको नयाँ शक्त्ति नेपाल बागलुङका संयोजक चित्र सापकोटाले जानकारी दिए ।
अभियानकै क्रममा बागलुङ क्षेत्र नं. २मा दलबहादुर खड्काको नेतृत्वमा १ सय २ सदस्यिय क्षेत्रिय स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरि जैमनि नगरपालिकामा खेमराज पौडेलको नेतृत्वमा २१ सदस्यिय, बरेङ गाउपालिकामा सागर थापाको संयोजकत्वमा ११ सदस्यीय , ताराखोला गाउपालिकामा मिन बहादुर रोकाको संयोजकत्वमा ११ सदस्यीय, ढोरपाटन नगरपालिकामा शंखर कुवंरको संयोजकत्वमा २१ सदस्यीय , निसिखोला गाउपालिकामा डिलाराम रेग्मिको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको बताईएको छ ।

नयाँ शक्त्ति नेपाल बागलुङले प्रत्यक्षतर्फ बागलुङ प्रतिनिधि सभा १ , प्रदेश सभा तर्फ १ को क ,ख तथा २ को ख मा आफ्नो उमेद्वारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung