४ जेष्ठ २०८२, आईतवार

 

‘कांग्रेस हारे विकास हार्छ’- पौडेल

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश २ को चुनावी अभियान अन्र्तगत बिहिबार जैमिनी नगरपालिका ५ विनामारेमा सम्पन्न भएको छ । प्रदेश सभा उम्मेदवार निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा हिडीरहेका छन । उनी जनताको घरदैलोमा चुनावको बेला मात्र हैन अघि पछि पनि पुग्ने गरेको स्थानिय मना रोकाले बताईन । घरदैलो अभियान पछिको सभामा बोल्दै उम्मेदवार पौडेलले मतदाताहरु सँग आफुलाई भोट माग्दै आगामी निर्वाचनमा काँग्रेसले हारे सबै हार्ने हुँदा काँग्रेसलाई नै जिताएर पठाउनका लागि जनता सँग आग्रह गरेका छन ।

उनले विनामारे कालिगण्डकी करिडोर सँग जोडिएको र यस क्षेत्रको धेरै सम्भावन भएका कारण यहाँको विकास निम्ती आफु आगडि बढ्ने बताए । पौडेलले विनामारेको शैक्षिक विकासका लागि प्राविधिक शिक्षा संचालन गर्न जरुर रहेको भन्दै यसको पहल थालनीका लागि आफुल सहयोग गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, महासमिति सदस्य किरणराज पौडेल, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववीयु उपसभापति बालकृष्ण शर्मा, नेपाल महिला संघ विनामारेकी अध्यक्ष मना रोका, लगायतले यस क्षेत्रको विकासका निम्ती नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि आग्रह गरेका थिए ।

त्यसै गरी विनामारेमा चुडामणि शर्माको संयोजकत्वमा १०३ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ । कार्यक्रम जैमिनी नगरपालिका ५ बिनामारेका पार्टी सभापति तोयनाथ आचार्यको अध्यक्षता, पुर्व सभापति चुडामणी शर्माको स्वागत र सदस्य बिपिन आचार्यको संचालनमा सम्पन्न भएको थियो । त्यसै गरी विहिबार नै सर्कुवा र कुश्मिसेरामा पनि उम्मेदवार सहितको टोलीले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung