
वर्तमान अवस्थामा धेरै नेपाली युवाहरुको रोजगारको गन्तव्य स्थान भएको छ विदेश । कतिपय युवाले राम्रै रोजगार पाएका छन त कतिपय विदेशमा निकै दुःख भोगेर स्वदेश फर्कि केहि काम सुरु गरेर राम्रै कमाई गरेको पाईन्छ ।
त्यस मध्य गलकोट आँगाखेतका डम्मर केसी पनि एक उदाहरणीय बनेका छन । केसी पनि वैदेशीक रोजगारमा नगएका होईनन । उनि मलेसिया, जापान लगाएका देशहरुमा १४/१५ वर्ष दुख गरे। मेहनत गरेर व्यापारमा कसरी अगाडी बढ्ने भन्ने सिके ।
उनले विदेशमा निकै दुख कष्ट गरे । उनी विदेशबाट फर्कि अहिले बागलुङ इन्टरनेट व्यवसाय सञ्चालन गरेका छन । केसीले लामो समय विदेशमा गरेको दुखको त्यो क्षणलाई सम्झेर स्वदेश मै केहि गर्ने अठोट गरे ।
केसी लामो समय विदेश बसी आफ्नै क्षेत्रमा आएर विस २०६६ सालमा कम्प्युटर सेन्टर खोलेर कम्प्युटर सिकाउन थालेका थिए । उनले कम्प्युटर सिकाउने क्रममा उनलाई ईन्टरनेटको समस्या परेको बताए । इन्टरनेटको समस्यालाई लिएर पोखरा गई ओल्ड लिङ्क ईन्टरनेट सेवा माग्न गए र नदिए पछि उनले स्काईको सेटबाट सेवा लिएर नेट सम्बन्धि कम्प्युटर सिकाए ।
उनले गलकोटमा भएको ईन्टरनेट समस्या र विदेशमा आफुले पाएको दु:खलाई सम्झेर उनले वि.स २०७० सालमा गलकोटलाई ईन्टरनेटको पउँचमा पुराउन र आफुले स्वदेशमै केहि ईलम सुरु गर्न ईन्टरनेट व्यवसाय दर्ता गरेको थिए । वि.स २०७० सालमा दर्ता गरेर एक्लै अगाडि बढेका केसीले वि.स २०७३ देखि ४ जनाले यो व्यवसायलाई व्यवस्थित रुपले अगाडि बढाए । केसीले सुरुमा एक्लै ७० लाखको लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक १ लाख ५० हजार भन्दा बढी आम्दानी गरिरहेका छन ।
सुरुमा गलकोटदेखि विस्तार गरेको यो व्यवसायलाई बागलुङ बजारसम्म ल्याएका छन । बागलुङ बजारमा करिब ३ महिना यतादेखि बजार विस्तार गरेका छन । उनी आफु मात्रै काम गर्दैनन । अन्य युवाहरुलाई समेत रोजगारको अवसर दिएका छन । अहिले गलकोटमा ५ जना र बागलुङमा ६ जना कर्मचारीले काम गरि रहेका छन ।
केसीले दिनहुँ विदेश जाने युवालाई आफ्नै स्वदेशमा नै विदेशमा जस्तो कडा परिश्रम गरे राम्रो उद्यमी, व्यापारी, कृषक बन्न सकिन्छ भन्छन । उनी विदेशमा भोगेको दुख लाई स्मरण गर्दै विदेश जाने युवाहरुलाई स्वदेशमा नै आधुनिक तरीकाबाट सुचना प्रविधि, उद्योग, होटल, रेष्टुरेन्ट, कृषि , पशुपालन लगाएत अन्य व्यवसाय अङ्गालन आग्रह गर्छन ।
राम्रो लगानी, कठोर मेहनत, सहि नेतृत्व, राम्रो व्यवस्थापन, गुणस्तरीय सुविधा र दक्ष जनशक्तिको सफल परिचालन गर्न सकिए व्यापार व्यवसायमा राम्रो परिणाम दिन सकिने केसी बताउछन ।
राम्रो सरकारी नीति, स्थानीय जनप्रतिनिधिहरुको साथ र वित्तिय क्षेत्रबाट सहयोगको वातावरण भएमा धेरै युवाहरुले म जस्तै गरेर व्यापारमा जोखिम मोल्दै सम्भावनाको खाजीमा आउने केसी बताउ छन ।