नेपाल टेलिकमले उपल्लो मुस्ताङमा भि स्याट प्रविधि हटाएर माईक्रो वेभ लिङक मार्फत आफनो सेवा विस्तार गरेको छ । समुन्द्र सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा अवस्थित लोमाङथाङमा बिटिएस टावर स्थापना गरि सेवा सञ्चालनमा ल्याएको हो ।
मुक्तिक्षेत्र गाउँपालिकाको घिउला डाँडामा रिपिटर टावर राखेर माईक्रो वेभ लिङक मार्फत टावर सञ्चालनमा ल्याईएको नेपाल टेलिकम धौलागिरी प्रमुख केशव शर्माले जानकारी दिए ।
शर्माले भनें ‘उच्च हिमाली भु–भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो, यद्यपी हामी जनतालाई संचारको पहुँचमा जोड्दै गुणस्तरीय सेवा प्रदान गर्न यो सेवा विस्तार गरेका हौँ ।’
टावरको विस्तार भएपछि लोमान्थाङ गाउँपालिकाको सबै वडाहरु, दोलामे गाउपालिकाको केही वडाहरु सककगै छोसेर, कोरला नाका सम्म सेवा पुगेको छ । मोवाईल सेवा विस्तार सककगै त्यहाकक पुग्ने पर्यटकलाई समेत भ्वाईस र तीव्र गतिको डाटा चलाउन सहज हुने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्येले जानकारी दिईन ।
लोमान्थाङ मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम देखि १ सय किलोमिटर दुरीमा पर्दछ । त्यस्तै नेपाल टेलिकमले म्याग्दी जिल्लाको दुर्गम ठाउ मालिका गाउपालिका ३ डाडाककगाउ किटेनीमा पहिलो पटक जिएसएम मोवाईल सेवा विस्तार गरेको छ ।
सदरमुकाम बेनी देखि ४६ किलोमिटरको दुरीमा रहेको ओखरबोटमा टावर विस्तार भएपछि रुम बिम बिलबाङ खबाङका करिब ७ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम बागलुङका प्रमुख शर्माले जनाएको छ ।













































































































































































































