
निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल सहितको टोलीलाई लक्षित गरी मंगलबार दिउसो बम प्रहार भएको छ । मंगलबार दिउसो सवा ३ बजेको समयमा चुनावी प्रचार प्रसारको क्रममा निसीखोला गाउँपालिका ३ याङम्याङमाबाट झिवाखोला बजारतर्फ फर्कने क्रममा बम प्रहार भएको हो ।
निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल सहित नेपाली कांग्रेस वडा नं ३ का सभापती राजमान बुढा, रेशम चन्द सहितको टोली फर्किदै थिए । याङम्याङको जँगल हुँदै झिवाखोला बजार पैदल आउदै गरेका उनीहरु तीनजनालाई बाटो माथिदेखि वम फालिएको थियो । बम कस्ले फाल्यो भन्ने पुष्टि हुन सकेको छैन । पौडेलले भने बम केहि तल गएर पड्किएका कारण कुनै मानविय क्षेति भने हुन नपाएको बताए ।
घटना लगत्तै झिवाखोला प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर फर्किएको छ । केहि दिन अगाडि सोहि जंगलमा अपरिचित समुहद्धारा मतदाता शिक्षा कर्मचारीसँग भएको नमुना मतपत्र र पोस्टर च्यातेर नस्ट गरीएको थियो ।