३० बैशाख २०८२, मंगलवार

 

‘जनताको निम्ती काम गर्नलाई उम्मेद्वारी दिएको हुँ, जित सुनिश्चत छ’– शेरचन

नेपाली काँग्रेस क्षेत्र नं २ बाग्लुङ प्रदेश सभा ख उम्मेद्वार जितबहादुर शेरचनले आफु जनताको निम्ती काम गर्नलाई आएको र यस पटकको चुनावमा आफनो जित सुनिश्चित भईसकेको बताउदै जसरी पनि यहाँका जनता संग समन्वय गरेर यस क्षेत्रको मुहार फेर्ने अभियानमा जुट्ने बताए ।

बाग्लुङको पश्चिमका हरेक क्षेत्रबाट समृद्धिको सम्भावना बोकेको क्षेत्र भएका कारण यस क्षेत्रलाई बदल्ने व्याक्ति आफु पनि भएका कारण कुनै लोभ लालच नभई सिधा रुपमा पहिलो प्राथमिकता विकास निर्माण र शैक्षिक गुणस्तर बृद्धिमा जुट्ने बताए । आफु अरुको कुरा नगर्ने, अरुको काम हेरेर बस्ने व्याक्ति नभई स्वय आफुले नै केहि गर्नुपर्छ भन्ने भिजन भएको व्याक्ति रहेको बताउदै जुन कुनै हालतमा यसक्षेत्रलाई समृद्धिको दिशामा लगेर अगाडि बढ्ने बताए ।

प्रचार प्रसारमा समेत एक्लै एक्लै जनता सँग घरघर तथा चौतारीमा पुगेर सुटुक्क भोट माग्दै हिड्दै गरेका उनी आफु यस क्षेत्रका विकासका निम्ती शिक्षा, चेतना, योजना र पहुच हरेक क्षेत्रबाट पोक्त भएका कारण जनताले एक पटक अवसर दिन आग्रह गरे । उनले विपक्षले आफुलाई पछि पार्ने रणनीतिका साथ अनेक आरोप लगाए पनि आफु त्यस्तो व्याक्ति अहिले सम्म नभएको र कुनै दिनमा पनि विपक्षले सोचेको जस्तो गलत नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung