७ जेष्ठ २०८१, सोमबार

 

मुम्बईको स्वाद बागलुङ बजारमा

बागलुङ बजारमा होटल तथा रेष्टुरेण्ट भरीभराउ हुँदै गई रहेका छन । धेरै होटल तथा रेष्टुरेण्टहरु खुलिरहेका छन । तर बागलुङ बजारको लालिगुँरास चोक स्थित एउटा पृथक किसिमको रेष्टुरेण्ट खुलेको छ । जुन हो ‘होम टाउन रेष्टुरेण्ट’ ।यो रेष्टुरेण्ट म्याग्दी अर्जमका २९ वर्षिय अफिल थापाले १० लाख लगानीमा खोलेको हुन । थापाले यो रेष्टुरेण्टमा व्यापारबाट बढी आम्दानी गर्ने मात्र उद्देश्य नभई ग्राहकलाई ताजा र स्वास्थ्यलाई फाईदा जनक खाजा खुवाई रहेका छन । फरक स्वादका खाना, खाजाको कारण धेरै थरीका ग्राहकहरु आकर्षित भएका छन ।

थापा ११ वर्ष भारतको विभिन्न शहरहरुमा काम गरेर सिकेको त्यो सिपलाई आफ्नै ठाउँमा प्रयोगमा ल्याएका छन । उनले मुम्बईको डिस हस्पिटालिटि होटेलमा ५ वर्ष काम गर्दा धेरै अनुभव बटुलेको बताए । थापा १८ वर्षको उमेरमा भारतमा गएर मेहनत, बोल्ने कला, पकाउने कला, खाना पस्कने कला र आफु कहाँ आउने पाउनाहरुलाई खुशी बनाएर पठाउने कला सिके । उनले मुम्बईको जेएसएफ कफरेशन रेष्टुरेण्टमा केही वर्ष काम गरेर जापानीज खानाका विभिन्न प्रकार बनाउन जाने ।

त्यहि अनुभवलाई संगाल्दै बागलुङ बजारमा रेष्टुरेण्ट खोल्ने साहस गरे । थापाले विगत १ वर्षदेखि सेवा दिदै आएका छन । सो रेष्टुरेण्टबाट अहिले सि फुड, ईन्डियन, चाईनिज, युरोयिन, कन्टिनेन्टल, मेक्सिकन, थाईल्याण्ड र ओरिन्टल खानाको सेवा दिएका छन । रेष्टुरेण्टमा उनी एक्लै काम गर्दैनन । ३ जना कर्मचारीले समेत रोजगार पाएका छन । काम गर्ने कर्मचारीहरुले पकाउने कला सिक्नुका साथै राम्रो तलब पनि पाईरहेका छन । उनले आफु व्यापारी भए पनि आउने उपभोक्ताहरुलाई सफा र स्वास्थ्यलाई फाईदा गर्ने खाना खुवाउने आफ्नो उद्देश्य रहेको बताए ।

‘खाने कुरा जिब्रोलाई मिठो मात्र नभई स्वास्थ्यलाई फाईदा गर्ने किसिमको परिकारलाई आफुले बढी प्राथमिकता दिएको छु’ ‘शरिरलाई अहित हुने सामग्रीहरु मैले खानेकुरामा प्रयोग गरेको छैन’ थापाले भने । होम टाउन रेष्टरेण्टमा विभिन्न स्वादका मःम, मासुका विभिन्न किसिमका परिकारहरु, फरक स्वादका भेज खाजाहरु, फ्राई आईसक्रिम विथ हनी/चक्लेट, माछाको मःम, वर्गर लगाएतका खाजाका परिकारहरु उपलब्ध छन ।

‘मैले भारतमा सिकेको खाजाको धेरै परिकार बनाउन सक्छु तर त्यसको लागि चाहिने सामग्रीहरु बागलुङमा सबै नपाईने हुँदा पोखरा र काठमाण्डौँ बाट ल्याउने गरेको छु’ थापाले भने । घर बाहिर खाजा र खाना खाने संस्कृतिको विकास गर्न अहिले मैले मुल्य मिलाएर, राम्रो सत्कारमा खाने बानी बसाल्न खोज्दै छु उनले भने, बागलुङ बजारमा धेरै रेष्टुरेण्ट भए पनि अर्डर गरेपछि मात्र ताजा खाजा खान पाईने हुनाले धेरैको रोजाईमा होम टाउन रेष्टुरेण्ट परेको छ ।

युवाहरुलाई लक्षित गरेर खोलिएको यस रेष्टुरेण्टले राम्रो आम्दानी गरिरहेको छ । मिठो स्वाद, सफा रेष्टुरेण्ट, उपयुक्त मुल्य, स्वास्थ्यलाई फाईदा जनक खाना, शान्त वातावरण र उपभोक्ता मैत्री व्यवहार होम टाउनको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्