७ जेष्ठ २०८१, सोमबार

 

यस्तो छ बागलुङ महोत्सवको तयारी, ‘व्यवसायिक प्रबद्र्धन मुख्य उदेश्य’ : अध्यक्ष भारी

बागलुङ उद्योग बाणिज्य संघले आगामी पुसमा पाँचौ बागलुङ महोत्सव गर्दैछ । ‘प्रदेश नम्बर–४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७४’ नाम दिईएको यो मेला पुस १४ देखि २३ गतेसम्म चल्नेछ । महोत्सव आउन अब १ महिना मात्र बाँकी छ ।
यसको तयारी भने यस अघिदेखि नै थालिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाका मुल संयोजक जयराम भारीले जानकारी दिए । विभिन्न कामको जिम्मेवारी छुट्याएर काम भईरहेको उनले बताए । व्यवसायिक प्रबद्र्धन गर्दै आर्थिक विकास र समृद्धिको बाटोमा बागलुङ जिल्लालाई अघि बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष भारीले जानकारी दिए ।

धौलागिरी बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवको मुख्य नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रबद्र्धन’ रहेको छ । विभिन्न क्षेत्रसँग सम्बन्धित २ सय व्यवसायिक स्टल राखिने मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सम्पन्न गर्न पौने एक करोड (७५ लाख रुपैयाँ भन्दा बढी) लाग्ने अनुमान छ ।
अधिकांस स्टलहरु अहिले नै बुकिङ भईसकेको बागलुङ उद्योग बाणिज्य संघका महासचिव दयाराम पौडेलले जानकारी दिए । मेलाको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ । र अन्य प्रायोजन ग्लोवल आईएमई बैंक, विभिन्न कम्पनीहरु, मनि ट्रान्सफर, ट्राभल एजेन्सी लगाएतका व्यवसायिकहरुले गरेको कोषाध्यक्ष विदेश कुमार श्रेष्ठले जानकारी दिए । मेलालाई ४ नम्बर प्रदेशकै नमुना मेलाको रुपमा सम्पन्न गर्नको लागि आवश्यक तयारी भैरहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले जानकारी दिए ।

यी रहने छन् मेलाको आकर्षण ।

खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता
लोक नृत्य प्रतियोगिता
खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता
राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती
प्रवेश टिकटमा पुरस्कारको व्यवस्था
उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था
चमेना गृह
बाल उद्यान (रमाईलो मेला)
विभिन्न झाँकीहरु
जिल्लाकै ऐतिहासिक छेलो फाल्ने प्रतियोगिता
ऊँट नाच
लाईभ डिजे कन्सर्ट
साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु
लाईट हेलिबाट पर्यटकीय स्थलको अवलोकन गराईने
राम्रो सरसफाई र गुणस्तरीय सेवा दिने रेष्टुरेन्टलाई पुरस्कृत गरिने
फ्रि वाईफाई जोन
सँगै यस्ता गतिविधिहरु
औद्योगीक उत्पादन सेवाहरुको प्रदर्शन एवम् बिक्री वितरण
वित्तीय संस्थाहरुको स्टल प्रदशनी
कृषि मेला एवम् पशुजन्य उत्पादनको प्रदर्शनी एवम विक्री
सूचना प्रविधि सम्बन्धि परामर्श, प्रदर्शनी र विक्री
हस्त कलाका सामानहरुको प्रदर्शनी एवं विक्री
व्यवसायिक र सामाजिक संघ–संस्थाका सेवाको जानकारी, शैक्षिक सामग्री, परामर्श एवं सेवाको प्रबद्र्धन
स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय उपभोग्य वस्तु सुपथ मुल्यमा
कृषि, घरेलु, वनपैदावार, जडीवुटी, लघुउद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा विक्री वितरण
विभिन्न जातजातिका खानका परिकार तथा रेष्टुरेण्ट
विभिन्न जातीहरुको संस्कृतिको तथा धार्मिक
पर्यकीय स्थलको फोटो प्रदर्शनी
एक गाउँ एक उत्पादन कार्यक्रमबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा विक्री
अटोमोवाईल तथा हेभि ईक्विपमेन्टका स्टल
मुख्य प्रतियोगिता र पुरस्कार

१. दोहोरी गीत प्रतियोगिता

प्रथम ७५५५५
द्धितिय ५०५५५
तृतिय २५५५५
उत्कृष्ट ३०००

२. खुल्ला पुरुष भलिबल प्रतियोगिता

प्रथम १०११११
द्धितिय ५५५५५
तृति ३०५५५
उत्कृष्ट खेलाडि ५०००

३. खुल्ला महिला भलिबल प्रतियोगिता

प्रथम ७५५५५
द्धितिय ३०५५५
तृतिय २०५५५
उत्कृष्ट खेलाडि ५०००

४. लोक नृत्य प्रतियोगिता

प्रथम १५०००
द्धितिय ८०००
तृतिय ५०००

५. छेलो प्रतियोगिता

प्रथम ५०००
महिला लठो तान्ने प्रतियोगिता
प्रथम १५०००
उत्कृट स्टल ३०००

यसरी बनाईएको छ तयारी समिति र उपसमितिहरु

मूल संयोजक – अध्यक्ष जयराम भारी
सदस्य सचिव (सचिवालय) –महासचिव दयाराम पौडेल
आर्थिक संयोजक– कमल प्रसाद श्रेष्ठ
अतिथि सत्कार र मंच व्यवस्थापन संयोजक–वसन्तकुमार श्रेष्ठ
झाँकी तथा ¥याली व्यवस्थापन संयोजक– युवराज राजभण्डारी –
यातायात व्यवस्थापन संयोजक– उमेश केसी
व्यानर व्यवस्थापन संयोजक– नरेश कँडेल
आर्थिक व्यवस्थापन संयोजक– विदेश कुमार श्रेष्ठ
उमाकान्त शर्मा– संयोजक भलिबल प्रतियोगिता
अर्जुन चोखाल–फोटो प्रदर्शनी व्यवस्थापन उपसमिति
सम्झना कँडेल, अर्चना पालिखे, भगवती केसी–बजार श्रृङ्गार व्यवस्थापन उपसमिति
शशी कपुर श्रेष्ठ– रेष्टुरेण्ट तथा अटो स्थल व्यवस्थापन उपसमिति संयोजक
शिवप्रसाद कँडेल–खाजा व्यवस्थापन उपसमिति संयोजक
राजकुमार श्रेष्ठ–साउण्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजक
संजयकुमार श्रेष्ठ– स्थल व्यवस्थापन उपसमिति संयोजक
हेम खत्री– विद्युत व्यवस्थापन उपसमिति संयोजक
प्रकाश आचार्य– खुल्ला दोहोरी गीत प्रतियोगिता संयोजक
दिपक हमाल–टिकट व्यवस्थापन उपसमिति संयोजक
पूर्णबहादुर केसी– उट ल्याउने व्यवस्थापन उपसमिति संयोजक
अर्जुन घिमिरे– स्वंयम सेवक सुरक्षा सिसि टिभी व्यवस्थापन उपसमिति संयोजक
श्रीजय श्रेष्ठ– पास व्यवस्थापन उपसमिति संयोजक
मनकाजी विश्कर्मा– स्वास्थ्य व्यवस्थापन उपसमिति संयोजक
राजनकुमार शाक्य– राष्ट्रिय कलाकार व्यवस्थापन उपसमिति संयोजक
भवनराज वराल– खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति संयोजक
धर्मराज पौडेल– पार्कीङ व्यवस्थापन उपसमिति संयोजक
मधु राजभण्डारी– ठेलो प्रतियोगिता संयोजक
राजेशचन्द्र राजभण्डारी– प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक
महिला उद्यमी विकास समिति – लठो तान्ने प्रतियोगिता महिला मात्र
विजया श्रेष्ठ – झाँकी तथा ¥याली व्यवस्थापन उपसमिति संयोजक
पार्वती अधिकारी– खुल्ला लोक नृत्य प्रतियोगिता संयोजक

प्रतिक्रिया दिनुहोस्