अहिलेकी चर्चित लोक दोहोरी गायिका जुना श्रीसले एक युवा गोबिन्द कालालाई बैँस फर्काउने तरिका सोधेकी छन् । उनले कालालाई ‘कति छोटो मान्छेको चोला अजम्बारी संसारमा को होला सुनियो कुरा धेरै थरिका,, यत्ती भन कसैले गाको बैँस फर्काउने के छ तरिका ?’ भनेको खुल्न आएको छ ।
जुनाले गायक तथा सर्जक गोबिन्द काला मगरले पछिल्लो समय बजारमा ल्याएको लोक दोहोरी गितमा यसो भनेकी हुन् । गीतमा गायकले ‘कति मिठा दिनहरु गए,, कस्ले सक्छ समाउन समय,, सुनियो कुरा धेरै थरिका,, यत्ती भन कसैले गाको बैँस फर्काउने के छ तरिका’ भन्दा उनले त्यसो भनेकी छन् ।
बागलुङको बरेङ गाउँपालिका वाड नम्बर–१ धुल्लुबास्कोटका काला मागर गीत संगीतको क्षेत्रमा लागेका लोक दोहोरी गायक एवम् सर्जक पनि हुन् । यिनै युवालाई लोक दोहोरी गायिका जुना श्रीसले गीतमै बैँस फर्काउने तरिका सोधेकी हुन् ।
यो लोकदोहोरी गितमा स्वर गोबिन्द काला मगर र जुना श्रीसको रहेको छ । शब्द गोबिन्द काला र लय केबि पुनले बनाएका छन् । नरु थापा र बिनु थापाको अभिनय रहेको छ । भिडियो निर्देशन पनि गोबिन्द काला आफैले गरेका छन् । मन रोकाले म्युजिक एरेन्ज गरेका छन् ।













































































































































































































