बेनी नगरपालिका–४ मा रहेको तातोपानी कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले तुलप्रसाद श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा उजेली श्रीस मगर, सचिवमा मिनाकुमारी क्षेत्री, कोषाध्यक्षमा मना तुलाचन र सह–सचिवमा नन्दबहादुर बानिया रहेका छन । यसैगरी सदस्यहरुमा पदम बानिया, पार्वती खड्का, कोपिला बानिया, बलबहादुर राना, लक्ष्मी खत्री र देवी किसान चयन भएका छन ।
लेखा उप–समितिमा गिता आचार्य, कृषि उप–समितिमा नन्दबहादुर बानिया, शिक्षा उप–समितिमा मना तुलाचन, ऋण उप–समितिमा उजेली श्रीसमगर र कृष्णबहादुर खड्काको संयोजकत्वमा राजेन्द्र आचार्य र मनबहादुर रोका मगर रहेको सल्लाहकार समिति चयन भएको छ ।
४ सय ४० जनाको २७ लाख २६ हजार रुपैया सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ६५ लाख ४८ हजार २ सय ७२ रुपैया बचत संकलन र ७८ लाख १८ हजार ७ सय ९१ रुपैया ऋण लगानी तथा ७० हजार ६ सय ३० रुपैया मुनाफा गरेको जनाएको छ ।
साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, वडा अध्यक्ष गोविन्द पौडेल, शुभकामना कृषि सहकारी संस्था सिंगाका अध्यक्ष केदार पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त राखेका थिए । तुलप्रसाद श्रेष्ठको अध्यक्षता, उजेली श्रीसमगरको स्वागत र मिनाकुमारी क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













































































































































































































