३ श्रावण २०८३, आईतवार

 

सिद्धार्थ बैंकको ८३ औँ शाखा बागलुङमा

बागलुङ सदरमुकाममा सिद्धार्थ बैंक लिमिटेडले बुधबारदेखि आफ्नो कारोबार शुरूवात गरेको छ । बागलुङ जिल्लामा आफ्नो ८३ औ शाखा मार्फत बैकले आर्थिक कारोबार शुरुवात गरेको बैंकका शाखा प्रबन्धक सुजित भारीले बताए । बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रिक चोकमा रहेको शाखामा ४ जना कर्मचारी मार्फत सेवा सुरु गरेको छ । बुधबारदेखि खाता खोल्न र रकम जम्मा गर्न समेत शुरु भएको भारीले बताए ।

‘हामीले ग्राहकहरुको माग र आवश्यकतालाई लक्षित गरेर आकर्षक सेवा सुविधाहरु ल्याएका छौँ’ भारीले भने । नेपालमा सबैभन्दा बढी रेमिटान्स भित्र्याउने जिल्ला भएको कारणले गर्दा पनि बागलुङ जिल्लामा निजी क्षेत्रका बैक तथा बित्तिय संस्था आउने क्रम बढेको देखिन्छ । बागलुङ सदरमुकाममा नेपाल बैंक लिमिटेड, रास्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक, निजी क्षेत्रका धेरै बैंक र सहकारीले सेवाग्राहीलाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung