७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा वाम गठबन्धलाई २ हजार मतको अग्रता (६ वटै सिटको ताजा नतिजा)

बागलुङमा मतगणना सुरुभएदेखि नै लगातार अग्रता लिएको वाम गठबन्धनले काँग्रेस उम्मेदवारलाई झण्डै २ हजार मतले पछाडी परेको छ ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरि जम्मा ६ सिटका लागि निर्वाचन भएको बागलुङका सबै सिटमा गठबन्धनको अग्रता छ । प्रतिनिधि सभा–१ मा एमालेका डाक्टर सूर्य पाठकले काँग्रसका चम्पादेबी खड्कालाई २ हजार २ सय सात मतले पछि परेका छन् । पाठकले ८ हजार १ सय ५१ मतप्राप्त गर्दा खड्काले ५ हजार ९ सय ४४ मत ल्याएकी छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेल सुनिलले १ हजार ६ सय ७० मतअन्तरसहित काँग्रेसका नरबहादुर पुन निरजलाई पछि परेका छन् । पैडेललाई पछ्रयाईरहेका पुनले ५ हजार ३ सय ८२ मत आएको छ । पौडेलले भने ७ हजार ५२ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा क मा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई ८ सय ४१ मतले पछि परेका छन् । सापकोटाले ४ हजार २ सय ५० मत ल्याउँदा थापाको ३ हजार ४ सय ९ मत आएको छ ।

प्रदेश सभा ख मा काँग्रेसका प्रकाश पौडेलमाथि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले १ हजार १ सय ३६ मतको अग्रता कायम गरेका छन् । निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा क मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा सागर भन्दा काँग्रेसका मञ्जेशबम मल्ल ४ सय ६६ मतले पछि परेका छन् ।
ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर पुनले काँग्रेसका जीत शेरचन माथि २ हजार ५ सय ३२ मतको फराकिलो अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्