मलेशियामा कार्यरत मगर जातिको साझा संगठन नेपाल मगर संघ, कोलालम्पुर मलेशियामा नयाँ नेतृत्वको चयन गरिएको छ ।
हाल कोलालम्पुरमा कार्यरत मणि थापा मगर बागलुङ राङ्खानी निवासी हुन । त्यस क्षेत्रको संगठन विभाग प्रमुखमा चयन भएका हुन । नेपाली समुदायमा समाजसेवीका रूपमा परिचित थापा मगर नेतृत्वमा आएपछि संगठनमा थप उर्जा मिलेको कोलालम्पुरमा कार्यरत कर्ण बुढाथोकी मगरले बताए । संगठनका पूर्व प्रमुख चुर्ण पुन मगर मलेशियाबाट आफ्नो कार्यकाल सकि स्वदेश फर्किएपछि मणिलाई नयाँ नेतृत्वको जिम्मा दिइएको हो ।
मगर संघ मलेशियाले स्थापानकाल देखि विभिन्न सामाजिक काम गर्दै आएको छ । रोजगारीको सिलसिलाका क्रममा समस्यामा परेका नेपालीहरुलाई सहयोग, उद्धार गर्दै आएको छ । ‘समस्यामा परेका नेपालीहरूको उद्धार, सेवा गर्दै आएको मगर संघको कामलाई थप प्रभावकारी बनाउने नयाँ योजना सहित आउने छु’, नयाँ नेतृत्वमा चयनपछि थापाले आफ्नो प्रतिबद्धता जाहेर गर्दै भने । संघले यसअघि महावीर पुनको नयाँ आविष्कार फ़ाउण्डेशनलाई सहयोगका लागि आर्थिक संकलन गरी सहयोग गरेको थियो ।
नेपाल आईडलबाट चौंथो राउण्डमा बाहिरिएका सागर आले मगरलाई मलेशियामा ल्याईं ‘सागर आले मगर धमाका’ संघले भव्य कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रममा अन्य कलाकारहरूलाई संघले सम्मान गरेको थियो । केहि समय अगाडि मात्र सम्पन्न गरेर कलाकारहरुलाई सम्मान गरेको थियो । संघले पूर्व संगठन प्रमुख पुन मगरलाई बिदाई र नव निर्वाचित प्रमुखलाई एक कार्यक्रमबीच स्वागत कार्यक्रम सम्पन्न गरेको थियो ।













































































































































































































