६ जेष्ठ २०८१, आईतवार

 

बागलुङमा किन पराजित भयो काँग्रेस ?

काँग्रेसको एक्कासी ठूलो पराजयपछि पार्टी भित्र र बाहिर समेत यसको कारणबारे ब्यापक चर्चा र चासो व्यक्त हुन थालेको छ । काँग्रेसका पुराना नेता, कार्यकर्ताले बैचारिक रुपमा पार्टी भित्र विचलन आउनु र सिद्धान्तको आधारमा नभएर धनदौलतको आधारमा टिकट बाँडिनु पराजयको मुख्य कारण भएको औँल्याउन थालेका छन् ।

काँग्रेस उम्मेदवार

काँग्रेस भित्रै चर्चा: यसकारण भयो हार

१. काँग्रेसको मुख्य विपक्षी वामगठबन्धन बलियो र एक ढिक्का हुनु
२. पुरानै उम्मेदवार दोहोरिनु
३. उम्मेदवार छनोट गर्ने सवालमा पार्टी भित्र सन्तुलन नमिलाउनु
४. नेतैपिच्छे गुटको राजनीति
५. गठबन्धन भएपछि वामपन्थीको जनमत बलियो हुनु र उनीहरुप्रति नागरिकको विश्वास बढेर जानु ६. पार्टी तथा जनबर्गीय संगठन अपेक्षकृत सक्रिय नहुनु वमपन्थीको बलियो र स्थिर सरकार, राजनीतिक स्थायित्व तथा आर्थिक समृद्धिको एजेण्डामा उनीहरुप्रति जनताको विश्वास बढेर जानु
७. स्थानीय निर्वाचनमा पार्टी्भित्रै अन्तरघात गर्नेलाई उचित कारवाही नहुनु
८. वाम गठबन्धनको हावा हुरीलाई चिर्न नसक्नु
९. सरकारले गरेका काम तथा आफ्ना एजेण्डाको सही प्रचार हुन नसक्नु

प्रतिक्रिया दिनुहोस्