२५ असार २०८२, बुधबार

 

पर्वतमा ३ हजार ७ सय मत बदर

दोस्रो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतमा झण्डै चार हजार मत बदर भएको छ । पहिलो हुने प्रतिनिधि सभा सदस्य र दोस्रो हुने प्रदेश सभा सदस्यको मतगणनाका क्रममा तीन हजार सात सय सात मत बदर भेटिएका थियो । मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको बताईएको छ ।

कुल खसेको मत मध्ये प्रतिनिधि सभा सदस्यमा तीन दशमलव २७ प्रतिशत मत बदर भएको छ भने प्रदेश सभा सदस्य पर्वत क्षेत्र नं. १ मा १ दशमलव ६ प्रतिशत र प्रदेश नम्बर २ मा दुई दशमलव ६ प्रतिशत मत बदर भएको हो । दुवै क्षेत्रमा गरी खसेका ६९ हजार ८ सय ६३ मत मध्ये प्रतिनिधि सभा सदस्यमा २ हजार दुई सय ८१ मत बदर भेटिएको हो । त्यस्तै प्रदेश सभा सदस्य पर्वत क्षेत्र नं. १ मा ८ सय २ र क्षेत्र नं. २ मा ६ सय २४ मत बदर भेटिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गरी उनका अनुसार अधिकांश भोट वाम गठवन्धनलाई हालिएको मतपत्रमा बदर भएका हुन नेकपा एमालेको सुर्य चिन्ह र नेकपा मालेको हँसिया तारामा हालिएका मतहरु बढि मात्रामा बदर देखिएको शर्माले जानकारी दिए । एमाले र माओवादी केन्द्रको चुनाव चिह्न ठानेर मतदाताले दुई ठाउँमै छाप लगाउँदा मत बदर हुन पुगेको हो । राजनितिक दलहरुले तल्लो तहसम्म पुगेर आफ्ना कार्यकर्तालाई मतदानबारे जानकारी नगराउँदा पनि बढि मत बदर भएको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung