५ कार्तिक २०८३, बुधबार

 

अमृत आदर्श माविमा जोखिम तथा क्षमता विश्लेषण कार्यशाला

बागलुङ नगरपालिका–२ मा रहेको अमृत आदर्श माविमा विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यक्रम सम्पन्न भएको को । कार्यक्रम युरोपिन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल र गाजा डेभलपमेन्ट फाउन्डेशनको साझेदारीमा संचालन भएको हो ।

विद्यालयको शिक्षक, विद्यार्थी, अभिभावक र जन प्रतिनिधिहरुलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा ३२ जना विद्यार्थीहो उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार श्रेष्ठको अध्यक्षता, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आर्चायको प्रमुख आतिथ्यतामा भएको हो ।

उक्त कार्यक्रममा भुकम्प, हावाहुरी, आगालागी, खडेरी, महामारी, सडक दुर्घटना र असिना पानीले पु¥याउने क्षती बारेमा प्रशिक्षण दिईएको थियो । यो कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशनकि फिल्ड सुरभाईजर हरिमाया घर्ति मगर र शिक्षक सरोजराज पन्तले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानको स्वागत मनतव्य र शिक्षिका लक्ष्मी खड्काको संचालनमा समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung